जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद


जितपुर । बाणगङ्गा नगरपालिका–जितपुरमा खानाका पारखीलाई लक्षित गर्दै नयाँ व्यवस्थापन र विविध स्वादसहित ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ। नेपाली मौलिक स्वाददेखि चाइनिज र इन्डियन परिकारसम्म एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो।
क्याफेको औपचारिक उद्घाटन आइतबार बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले गरे। उद्घाटन गर्दै नगर प्रमुख अर्यालले नयाँ व्यवसाय सञ्चालनमा ल्याएकोमा सञ्चालकलाई शुभकामना दिँदै प्रतिस्पर्धात्मक बजारमा एउटा विशेष परिकारलाई ब्रान्डका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
‘६५’ लाई अन्य रेस्टुरेन्टभन्दा फरक पहिचान दिने योजनासहित सञ्चालनमा ल्याइएको सञ्चालक टेकबहादुर खत्रीले बताए। उनका अनुसार ग्राहकको स्वाद, माग र आवश्यकतालाई प्राथमिकतामा राखेर मेनु तयार गरिएको छ।
क्याफेमा चाइनिज, इन्डियन तथा नेपाली परिकारसँगै थकाली खाना सेट, कम्बो सेट, झोल मःमः, चिकन तथा मटनका विभिन्न परिकार उपलब्ध छन्। पारिवारिक जमघट, साथीभाइसँगको भेटघाट तथा सामान्य खानपिनका लागि सहज वातावरण उपलब्ध गराउने सञ्चालक असिम क्षेत्रीको भनाइ छ।
“स्वादिष्ट खाना, सहज वातावरण र गुणस्तरीय सेवा हाम्रो प्राथमिकता हो,’’ सञ्चालक क्षेत्रीले भने, “स्थानीय ग्राहकको रुचि र मागअनुसार मेनुमा थप विविधता ल्याउँदै जाने योजना छ।”
क्याफेको उद्घाटन कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्री, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष टोपनारायण बेल्बासे, पूर्व अध्यक्ष खिमानन्द पौडेललगायत उद्योगी–व्यवसायीको उपस्थिति थियो।
जितपुरमा बढ्दै ‘फुड कल्चर’
पछिल्लो समय जितपुर क्षेत्रमा रेस्टुरेन्ट तथा क्याफे व्यवसायको विस्तार तीव्र हुँदै गएको छ। स्थानीय ग्राहकसँगै राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुलाई समेत लक्षित गर्दै नयाँ–नयाँ स्वाद र सेवासहितका खानाका व्यवसाय थपिँदै गएका छन्।
यही प्रतिस्पर्धाबीच विविध परिकार, नयाँ व्यवस्थापन र सेवाको फरक शैलीसहित आएको ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ले जितपुरको फुड कल्चरमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।
सञ्चालक खत्रीका अनुसार क्याफेले उद्घाटनपछि नियमित रूपमा आफ्ना सबै परिकार तथा सेवाहरू उपलब्ध गराउनेछ। एउटा परिकारलाई आफ्नो विशेष पहिचान बनाउने र ग्राहकको स्वादमा सम्झनलायक बन्ने लक्ष्यसहित व्यवसाय अघि बढाउने उनको भनाइ छ।

प्रतिक्रिया

खबर सबै