

कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट



रामबहादुर गन्धर्व, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–५ अन्तर्गत विभिन्न खाजा घर, होटल तथा रेष्टुरेन्टबाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ बरामद गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय कोपवाका अनुसार भदौ ४ गते खुटेहनी, झन्डा–कोपवा क्षेत्रमा सञ्चालन गरिएको चेकजाँच तथा गस्तीका क्रममा १७० लिटर तयारी घरेलु मदिरा र ६० लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ तथा अखाद्य वस्तु बरामद गरिएको हो ।
कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक इन्दप्रसाद न्यौपानेको कमान्डमा खटिएको प्रहरी गस्ती टोलीले विभिन्न खाजा घर, होटल तथा रेष्टुरेन्टमा अनुगमन गर्ने क्रममा उक्त मदिरा फेला पारेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको घरेलु मदिरा तथा कच्चापदार्थ स्थानीय जनप्रतिनिधि, स्वास्थ्य सेवा प्रमुख, विभिन्न सामाजिक सङ्घसंस्थाका पदाधिकारी, सञ्चारकर्मी, बुद्धिजीवी तथा भद्रभलाद्मीको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कोपवाले जनाएको छ ।
प्रहरीले घरेलु तथा अवैध मदिराको उत्पादन, बिक्री–वितरण तथा सेवनबाट हुन सक्ने स्वास्थ्य तथा सामाजिक जोखिमलाई न्यूनीकरण गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया