

सबैभन्दा फुर्सदका कर्मचारी हुलाकमा



राजेन्द्र खनाल
मंसिर ६ कपिलवस्तु
कुनैबेला नेपालमा सुचनाको भरपर्र्दाे माध्यमको रुपमा रहेको हुलाक सेवा पछिल्लो दशकमा आउँदा भने नेपालको सबैभन्दा निष्क्रिय सरकारी माध्यम बन्न पुगेको छ । अनि हुलाकमा कार्यरत क्रमचारी देशका सरकारी निकायमा अहिले सबैभन्दा फुर्सदिला कर्मचारी बन्न पुगेका छन् ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवामा रहेको हुलाका कार्यालयमा अहिले दिनहुँ पाँच जना कर्मचारी उपस्थित हुन्छन् । कुनै बेला १२ जना कर्मचारीको दरबन्दीले पनि सेवा प्रवाहमा धौ धौ हुने सो कार्यालयका कर्मचारी अहिले भने दिनभर फुर्सदमा हुन्छन् ।

कार्यालय प्रमूख बासुदेव चौधरी सहित हुलाक कार्यालय जिनुवामा अहिले खेमराज चौधरी र चिरञ्जीवी थारु कार्यालयमा दिनहुँ भेटिन्छन् । तर चिठीपत्रको चलन हराउँदै जाँदा उनीहरु दिनभर फुर्सदमा हुन्छन् । वि.सं २०४५ साल देखि हुलाक कार्यालय जिनुवामा कार्यरत बासुदेव चौधरी भन्नुहुँन्छ, पहिले चिठीपत्र धेरै आउँथे,पु¥याउन मुस्किल हुन्थ्यो, एकछिन समय पुग्दैनथ्यो, अहिले त कुनैकुनै कार्यालयका चिठीपत्र मात्र आउँछन् काम गर्न सजिलो छ । चौधरीका अनुसार अहिले हुलाक कार्यालय जिनुवामा मासिक रुमा ४ देखि १५ वटा सम्म कार्यालयका चिठिपत्र आउँछन् । व्यक्तिगत चिठिपत्र पनि कुनै कार्यालयले पठाएका मात्र आउँछन् ।
काम पनि छैन, नआई पनि हुदैन
हुलाका सेवा पछिल्लो समय फुर्सदिलो बने पनि कर्मचारीहरु भने नियमित कार्यालयमा उपस्थित हुन्छन् । सरकारी सार्वजनिक विदा बाहेक अन्य दिन निरन्तर हाजिर गर्नकै लागि पनि उनीहरु कार्यालयमा भेटिन्छन् । गर्मीमा शित्तल र जाडोमा घाम ताप्ने पेशा जस्तै अहिले हुलाक सेवा बन्न पुगेको छ ।
यसपालीको छठ पर्वका दिन हुलाक कार्यालयसँगै सटेर रहेको वडा कार्यालय दिनैभर बन्द अवस्थामा थियो तर हुलाकका कर्मचारी भने कार्यालयमा भेटिएका थिए । ईलाका हुलाक कार्यालय पिपराको अनुमति लिएर मात्रै उनीहरु बिदा बस्ने गर्छन् । सेवा प्रवाहको कुनै काम नहुँदा पनि बिदा नमिलेका कारण छठका दिन पनि कार्यालय आउनुपरको प्रमूख चौधरीले बताउनुभयो । कुनैबेला चिठीपत्र बोक्दा बोक्दा थकित हुने वितरक खेमराज चौधरी अहिले भने कार्यालयमै दिन बिताउने गरेको बताउनुभयो । डाँक बाहक चिरञ्जीवी थारुको भनाई पनि उस्तै छ ।
तिव्र गतिमा भईरहेको आधुनिक प्रविधिको विकास र हातहातमा पुगेको संचार पहूँचले हुलाक सेवा नेपालको ईतिहासमा सिमित हुने अवस्थामा पुगेको छ । निजी क्षेत्रबाट कुरियार सेवा तथा मोबाइल, इमेल, इन्टरनेटजस्ता आधुनिक प्रविधिको विकासले छलाङ मारेसँगै हुलाकका कर्मचारीहरु फर्सदिला भएका हुन् । अहिलेका विद्यालय उमेरका वालवालिकाहरु समेत हुलाक सेवाबारे अनविज्ञ बन्न पुगेको छन् । पाठ्यक्रममा समेत आधुनिक सूचना र प्रविधिहरु समावेश भए सँगै हुलाक सेवाबारे अध्ययन अध्ययापन हुन छोडेको छ । जसका कारण पनि हुलाक कार्यालयका कर्मचारी फुर्सदिल बनेका छन् ।
कति छन कपिलवस्तुुमा हुलाक ?
कपिलवस्तु जिल्लामा हाल ७३ वटा हुलाक कार्यालय संचालनमा छन् । जिल्ला हुलाक कार्यालय एउटा सहित ईलाका हुलाक कार्यालय १३ र अतिरिक्त ५९ गरी कुल ७३ वटा हुलाक कार्यालय रहेको जिल्ला हुलाक कार्यालयका प्रमूख शिवलाल बञ्जाडेले जानकारी दिनुभयो । जिल्लाभर हुलाकमा कार्यरत कर्मचारी संख्या ३ सय देखि ३५० जना सम्म रहेको उहाँको भनाई छ । जिल्लाभरका अतिरिक्त हुलाकमा मात्रै २०१ जना कर्मचारी कार्यरत रहेका छन् । जो सबै फुर्सदिला छन् । जिल्ला हुलाकबाट मात्रै छिटफुट कार्यालयिय चिठिपत्रको आदानप्रदान अलि बढी हुने भए पनि सो पनि सरकारी सेवामा सबैभन्दा कम प्रवाह हुने सेवामा पुगेको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया