

वाणगंगा ९ को सामुदायिक वनबाट ५ नाल भरुवा बन्दुक बरामद


जिल्लाको वाणगंगा नगरपालिका –९ वक्सिसपुर स्थित कालिका सामुदायिक वनबाट बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइ राखिएको पाँच नाल भरुवा बन्दुक फेला परेको हो । बरामद गरिएका बन्दुकमध्ये तीन नाल साबुत अवस्थामा रहेका छन् भने दुई नाल बेसाबुत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेपछि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको बताउनुभयो ।
“सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद भएको छ । तीमध्ये तीन नाल साबुत र दुई नाल बेसाबुत अवस्थामा छन्” प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो, “बन्दुक कसले, कहिले र के प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।”
प्रहरीले बरामद गरिएका बन्दुकलाई नियन्त्रणमा लिएर घटनासँग सम्बन्धित व्यक्ति तथा सम्भावित आपराधिक गतिविधिबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया