

कपिलवस्तु दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो


कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ। मृतकमध्ये एक जना १२ वर्षीय बालक रहेका छन्।
बुधबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ५ ख २३६४ नम्बरको ट्रकले सडक किनारमा पार्किङ गरिएको नम्बर नखुलेको मोटरसाइकल र साइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार दुर्घटनामा महाराजगन्ज नगरपालिका–२ गैडहवाका आशिष कश्यपका १२ वर्षीय छोरा आनन्द कश्यपको मृत्यु भएको छ। पैदल हिँडिरहेका उहँलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिए पनि बिहान ७ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसैगरी, साइकलमा सवार महाराजगन्ज नगरपालिका–३ गनौरियाका अन्दाजी ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका अन्दाजी ७५ वर्षीय भोल्लर कुर्मीको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रक चालक मोरङका ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा ट्रकले सडक किनारमा पार्किङ गरिएको मोटरसाइकल र साइकललाई ठक्कर दिएको खुलेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।


खबर सबै
-
सामुदायिक वनबाट कसरी भेटियो २१ थान भरूवा बन्दुक ?
-
रुपन्देहीमा नक्कली नोटको बिगबिगी, भारतीय नक्कली नोटसहित २ जना पक्राउ
-
सात वर्षको विश्वास, सत्यको यात्राः ईसाझाकुराको गौरवपूर्ण अध्याय
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
कपिलवस्तु दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
कपिलवस्तु दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश






प्रतिक्रिया