
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिले नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरे पनि लुम्बिनीमा भने तत्काल सरकारबाट बाहिरिने सम्भावना कम रहेको जनाइएको छ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले रातोपाटीसँग कुरा गर्दै तत्काल राजीनामा दिने सम्भावना नरहेको बताए। उनका अनुसार अन्य प्रदेशको राजनीतिक अवस्था र केन्द्रबाट आउने स्पष्ट निर्देशनलाई हेरेर मात्रै थप निर्णय गरिनेछ।
‘हामीले तत्काल राजीनामा बुझाउने सम्भावना कम छ। अन्य प्रदेशको परिस्थिति पनि हेर्नुपर्छ। केन्द्रबाट कसरी अघि बढ्ने भन्ने अझै स्पष्ट लाइन आएको छैन, त्यसैले केही समय पर्खनुपर्छ,’ उनले भने।
यसअघि बुधबार दाङमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बोलाएको बैठकले पनि एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा तत्काल निर्णय नगरी केही समय पर्खिने निष्कर्ष निकालेको थियो।
दलका नेता, प्रमुख सचेतक र सचेतकसहित बसेको अनौपचारिक बैठकले तत्काल मन्त्रीहरूले राजीनामा नदिने विषयमा सहमति जनाएको स्रोतले जनाएको छ।
हाल लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेसका पाँच मन्त्री सहभागी छन्। केन्द्रबाट थप राजनीतिक निर्देशन आएपछि मात्रै सरकारमा रहने वा समर्थन फिर्ता लिने विषयमा अन्तिम निर्णय हुने कांग्रेस नेताहरूले बताएका छन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया