

प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव

प्यूठानमा स्कुलबाट घर फर्किँदै गर्दा बगेर बेपत्ता मध्य दुबै दाजु भाइको शव फेला परेको छ।
जिल्लाको नौबहिनी गाउँपालिका–५ का ७ वर्षीय विमल खत्री र १० वर्षीय मिलन खत्री मंगलबार दिउँसो ३ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा जोगी पनेरा खहरे खोला तर्ने क्रममा बगेका थिए।
भाइ विमलको शव मंलबार बेलुका नै फेला परेको थियो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार बेपत्तामध्य दाजु मिलनको शव बुधबार बिहान फेला परेको हो।
उनीहरु दुवै स्थानीय यामबहादुर खत्रीका छोराहरु हुन्।
दुई नाबालक छोराको एकै साथ खहरे खोलाले बगाउँदा मृत्यु भएपछि खत्री परिवार शोकमा डुबेको छ ।
खहरे खोलामा आएको बाढीले बगाउँदा ज्यान गुमाएका दुबै दाजु भाइ नौबहिनी गाउँपालिका–५ काँटेस्थित श्री जनता प्राथमिक विद्यालयमा अध्यनरत थिए।
भाइ विमल कक्षा १ र दाजु मिलन कक्षा ३ मा अध्यनरत थिए।
विद्यालयबाट घर फर्किदै गरेका दुई बालक खोलाले बगाएको सूचना मंगलबार बेलुकी साढे ६ बजेतिर वडा सदस्य कुलबहादुर खत्रीले प्रहरीलाई दिएका थिए।
सूचना पाएलगत्तै प्रहरी चौकी डार्मीबाट प्रहरी सहायक निरीक्षक हरिभक्त चौधरीको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय लुङबानेबाट प्रहरी निरीक्षक दिपेश चौधरीको नेतृत्वमा पाँच जनाको टोली खोजीका लागि खटिएको थियो ।
घटनास्थल प्रहरी चौकी डार्मीबाट करिब ६ किलोमिटर उत्तरमा पर्छ।
केही समयअघि मात्रै छिमेकी जिल्ला रोल्पामा खहरे खोलामा आएको बाढीले विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकको पनि बगेर मृत्यु भएको थियो।


खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया