

विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण



बाणगंगा, कपिलवस्तु । विश्व वातावरण दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–९, जिनुवा स्थित जस्मिन बड्स स्कुल (जेबीएस) ले वृक्षरोपण तथा वातावरण संरक्षणसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले वडा नम्बर ९ मा रहेको झरना योग पार्क परिसरमा विद्यार्थीहरूको सहभागितामा विभिन्न जातका बिरुवा रोपेर वातावरण दिवस मनाएको जनाएको छ। कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागितामा वृक्षारोपण, सरसफाइ अभियान, वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि तथा प्लास्टिक प्रदूषण न्यूनीकरणका सन्देशमूलक गतिविधिहरू सञ्चालन गरिएको थियो।
विद्यालयका अनुसार विश्वव्यापी रूपमा बढ्दो वातावरणीय चुनौती र जलवायु परिवर्तनका असरबारे विद्यार्थीहरूलाई सचेत गराउने तथा वातावरण संरक्षणप्रति जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममार्फत विद्यार्थीहरूलाई प्रकृतिप्रति प्रेम, हरियाली संरक्षण तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याउन प्रेरित गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका क्रममा सहभागीहरूले “आज एउटा बिरुवा रोपौं, भोलिको जीवन सुरक्षित बनाऔं” र “स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने नारासहित वातावरण संरक्षणको सन्देश प्रवाह गरेका थिए।
विद्यालय प्रशासनले वातावरण संरक्षण केवल एक दिनको अभियान नभई दैनिक जीवनशैलीको अभिन्न हिस्सा हुनुपर्ने उल्लेख गर्दै वृक्षारोपण, सरसफाइ र प्लास्टिकजन्य फोहोरको प्रयोग न्यूनीकरणमा सबैको साझा दायित्व रहेको बताएको छ।
विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै हरित र स्वच्छ समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गरेको विद्यालयले जनाएको छ।


खबर सबै
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै
-
नेपालगन्ज नाकाबाट १० महिनामा करिब १७ अर्ब राजस्व सङ्कलन
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता











प्रतिक्रिया