सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम

सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएको जानकारी दिए।

त्यसमा प्रोत्साहन भत्तासमेत समावेश गरिएको उनले बताए। त्यस्तै महँगी भत्तालाई निरन्तरता दिइएको उनले बताए। सरकारी कर्मचारीको नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम भएको उनले बताए। नयाँ तलब साउन महिनादेखि लागू हुनेछ।

सुरु स्केलमा १० प्रतिशत र कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुआत गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो । 

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गदै उक्त जानकारी दिए ।

यसबाट हाल खाईपाई आएको तलबमा २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्यूततम परिश्रमिक ४० हजारदेखि एक लाखमाथि कायम हुने जानकारी दिए ।

प्रतिक्रिया

खबर सबै