बसको ठक्करबाट क्रिकेट खेलाडीको मृत्यु

रुपन्देही । बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा क्रिकेट खेलाडी रहेका अर्घाखाँचीका अमृत बेल्वासेको मृत्यु भएको छ ।

मंगलबार बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबास सालघारीचोकस्थित पूर्वपश्विम राजमार्गमा काँकडभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

प्रदेश१-०१-००१ ख ४२२३ नं. को बसले बिपरित दिशा तर्फ बाट आईरहेको बा ८७ प ३४९९ नंम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी अर्घाखाँचीको सितगंगा नगरपालिका ४ , ठाडा, वर्बोट का ३० वर्षीय अमृत बेल्वासेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बेल्वासेलाई घटना लगत्तै एडमण्डसिटि अस्पताल जितगढि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

खबर सबै