
बाणगंगामा क्रिकेटको महाउत्सव : प्रथम ग्यालेक्सी क्रिकेट प्रतियोगिता सुरु, वाणगंगा नदीको ढुंगाबाट ऐतिहासिक ट्रफी

नबराज बेल्वासे : कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशाला मा “प्रथम ग्यालेक्सी क्रिकेट प्रतियोगिता २०८३” भव्य रूपमा उद्घाटन गरिएको छ । ग्यालेक्सी युथ क्लव को आयोजनामा सञ्चालन भएको प्रतियोगिताले खेलकुदसँगै बाणगंगा क्षेत्रको स्थानीय कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्यालको प्रमुख आतिथियता रहेको कार्यक्रममा वाणगंगा वडा नं. ४ का वडाध्यक्ष छवि रेस्मी मगर विशिष्ठ आतिथियता, साथै समाजसेवी व्यक्तित्व विश्वास जि.सी, डिल्ली रेग्मी लगायतको विशेष उपस्थिति रहेको थियो ।
प्रतियोगिताको अर्को विशेष आकर्षण भनेको मौलिक ट्रफी बनेको छ । क्लबका अध्यक्ष अमृत गिरीका अनुसार बाणगंगा नदीको प्राकृतिक ढुंगा प्रयोग गरी विशेष ट्रफी तयार गरिएको हो । स्थानीय कला, संस्कृति र पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त ट्रफीले बाणगंगाको मौलिकता झल्काउने आयोजकको विश्वास छ ।

आयोजकका अनुसार ट्रफी केवल पुरस्कार मात्र नभई बाणगंगाको गौरव र पहिचानको प्रतीक हो । स्थानीय स्रोत र सम्पदाको सम्मान गर्दै बनाइएको यस ट्रफीले क्रिकेटमार्फत बाणगंगाको सन्देश देशभर फैलाउने अपेक्षा गरिएको छ ।
स्थानीय युवाहरूको सक्रियतामा आयोजना हुन लागेको प्रतियोगिताले बाणगंगाको क्रिकेट पहिचानलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । आयोजक ग्यालेक्सी युथ क्लव का अनुसार प्रतियोगितामा विभिन्न टिमहरूको उत्साहजनक सहभागिता छ भने उद्घाटन समारोहमा सांगीतिक प्रस्तुति र दर्शकहरूको उल्लेख्य उपस्थितिले मैदानलाई उत्सवमय बनाउने विश्वास गरिएको छ ।
प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १ सय ११ सहित बाणगंगा नदीको ढुंगा प्रयोग गरेर तयार गरिएको विशेष ट्रफी प्राप्त गर्नेछ भने उपविजेतालाई नगद रु. ५५ हजार ५ सय ५५ प्रदान गरिनेछ।
क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई थप आकर्षक बनाउन चर्चित नेपाली ¥यापर Vyoma को विशेष प्रस्तुति रहेको आयोजकले जनाएको छ ।
खेल, संगीत, संस्कृति र स्थानीय पहिचानलाई एउटै मञ्चमा जोड्न सफल यो प्रतियोगिता बाणगंगाका युवाहरूको ऊर्जा, सिर्जनशीलता र एकताको प्रेरणादायी उदाहरण बनेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया