लायन्स क्लब अफ कपिलवस्तुद्वारा “शिव–तुलसा स्मृति छात्रवृत्ति” विद्यार्थीहरुलाई वितरण


अभावका बीच पढिरहेका विद्यार्थीलाई सहयोग, शिक्षामा नयाँ ऊर्जा


साझाकुरा, भलवाड, कपिलवस्तु ।
सामाजिक क्षेत्रका कार्यलाई प्राथामिकताका साथ स्थापनादेखि नै संचालन गरिरहेको लायन्स क्लब अफ कपिलवस्तुले सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । शुक्रबार क्लबले लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष धातानन्दा भुसालद्धारा स्थापित “शिव–तुलसा स्मृति अक्ष्यकोषक अन्र्तगत छात्रवृत्ति वितरण कार्यक्रम–२०८३” आयोजना गर्दै बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित श्री भर्तापुर आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विभिन्न विपन्न वर्गका विद्यार्थीहरुलाई नगद सहयोग तथा सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरणसँगै उनीहरुको शैक्षिक उन्नयनको कामना पनि गरिएको छ । कार्यक्रममा उक्त छात्रवृत्ति रकम प्राप्त विद्यार्थीहरूको शैक्षिक जीवन थोरै भए पनि सहज होस भन्ने उद्धेश्यले यो अक्षयकोष स्थापना गरिएको अक्षयकोषदाता भुसाल दम्पतीले बताएका छन् । उपस्थित वक्ताहरुले विद्यार्थीहरुका लागि गरिने यस्ता सहयोगले विपन्न परिवारका बालबालिकालाई पढाइमा निरन्तरता दिन ठूलो टेवा पुग्ने बताए ।
लायन्स क्लब अफ कपिलवस्तुका पुर्व अध्यक्ष तथा शैक्षिक तथा सामाजिक व्यक्ति धातानन्त भुसालले आफु पनि झण्डै तीन दशक बढी समय विद्यालय शिक्षामा समय बिताएर सोही क्षेत्रबाट अवकास लिएको भन्दै अवकास पश्चात आफ्ना माता–पिताको स्मृतिमा केही गरौँ भन्ने उद्धेश्यले बुवा शिवलाल भुसाल र आमा तुल्सा देवी भुसालको सम्झनामा लायन्स क्लव अफ कपिलवस्तु मार्फत स्वर्गीय शिव–तुलसा स्मृति लायन अक्षयकोष छात्रवृत्ति स्थापना गरिएको बताए । यस छात्रवृत्ति कार्यक्रममार्फत शिक्षाबाट वञ्चित हुन सक्ने अवस्थाका विद्यार्थीलाई सहयोग गर्दै आएको उनको भनाइ थियो । छात्रवृत्ति रकम वितरणमा अक्षयकोषदाता धातानन्द भुसार र जीवन सहयात्री जीवन सहयात्री भगवती देवी रेग्मी भुसालसहित लायन्स क्लव अफ कपिलवस्तुका विभिन्न पदीय जिम्मेवारीमा रहेका लायन सदस्यहरुको उपस्थिति रहेको थियो ।
क्लबका अनुसार समाजमा आर्थिक अभावकै कारण पढाइ छोड्न बाध्य हुने विद्यार्थीलाई हौसला दिन यो कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष लायन नारायण प्रसाद पौडेलले शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार भएकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न क्लब निरन्तर सक्रिय रहने बताए । उनले सामाजिक सेवाको भावना अनुसार शिक्षा, स्वास्थ्य र मानव सेवाका क्षेत्रमा लायन्स क्लबले निरन्तर काम गरिरहेको उल्लेख गरे ।
त्यस्तै कार्यक्रममा कार्यक्रम संयोजक प्रेम पाण्डेसहित क्लबका पदाधिकारीहरूले छात्रवृत्तिले विद्यार्थीलाई आत्मविश्वास थप्ने र भविष्यप्रति आशावादी बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला बि.कसहित शिक्षक, अभिभावक, समाजसेवी तथा लायन्स क्लबका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयको कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यालयले छनौट गरेका विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरिएको हो ।
क्लबले आगामी दिनमा पनि सामाजिक सेवामूलक गतिविधिलाई अझ व्यापक बनाउँदै शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिने जनाएको छ ।

प्रतिक्रिया

खबर सबै