कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ

कपिलवस्तुबाट हज यात्राका लागि साउदी अरब जान लागेको हज यात्रीको बिदाइ गरिएको छ। मुस्लिमहरूको तीर्थ स्थल साउदी अरब स्थित मक्का मदिना जानका लागि जिल्लाबाट हज यात्री प्रस्थान गरेका छन्।

जिल्लाका १० स्थानीय तहबाट १ सय ७५ जना हज यात्राका लागि काठमाडौं गएको हज समितिका सदस्य साकिर अहमदले बताए। गत बर्ष जिल्लाबाट १ सय ८७ जना हज यात्रामा सहभागी थिए।

सदरमुकाम तौलिहवा, पकडी, चन्द्रौटा, कृष्णनगरबाट अरब जानका लागि उनीहरू काठमाडौं लागेका छन्। हज यात्रीलाई बिदाइ गर्नका लागि उनीहरुको आफन्त तथा गाँउलेहरुका ठुलो भीड लागेको थियो। हज यात्रीलाई पूर्वसांसद सुरेन्द्रराज आचार्य, तथा कपिलवस्तुको शिवराज नगरपालिकामा मेयर अजय थापाले छुट्टा छुट्टै स्थानबाट बिदाइ तथा शुभकामना दिएका थिए।

महिलाहरु पनि संरक्षक मेहरम) सँगै हज यात्राका लागि काठमाडौं तर्फ लागेका छन्। बक्राईदन मनाउनका लागि उनीहरु त्यहाँ जान लागेका हुन्।

नेपालभरबाट यस बर्ष १ हजार २ सय जना हज यात्रामा जान लागेको हज समितिले सूचनामार्फत जानकारी दिएको छ। यस्तै १३ जना हज समितिबाट, १ जना डाक्टर तथा २ जना स्वयंसेवक समेत हज यात्राका सहभागी रहने समिति सदस्य साकिर अकमदले बताए।

मुस्लिम धर्मगुरु अनुसार प्रत्येक मुस्लिम आफ्नो जीवनकालमा कम्ती एक पटक हज गर्न जानुपर्छ। मक्का मदिना यात्रा गर्नेले स्वर्ग जाने सरह पुुण्य फल प्राप्ति गर्ने भएकाले त्यहाँ जाने मान्यता रही आएको ईमाम अली असन ईमामीले बताए।

मक्कालाई अल्लाहको घर र माहोम्मदको जन्मथलोको रूपमा रही आएको उनले बताए। ‘ हज गर्नाले जस्तो सुकै ठुलो अपराध र पाप गरे पनि नाश भई भर्खर जन्मेको बच्चा जस्तै पवित्र हुन्छ ’ उनले भने। हज यात्रीले मक्का र मदिनामा धार्मिक यात्रा गर्नुपर्छ। मक्कामा सात पटक परिक्रमा( तवाफ ) गर्नुपर्छ जसले एक हज – कावा ) प्राप्त हुने विश्वास छ।

इदुुल अजाहा (बक्राईदका दिन) विशेष नवाज पढ्दै कुर्बानी दिने चलन छ। हज यात्रा गर्नेलार्ई हाजी भन्ने चलन रहेको बताइएको छ। काठमाडौंबाट वैशाख २६ गते देखि ३१ वैशाख गते १३ समूहमा उनीहरू यात्रामा जानेछन्।

प्रतिक्रिया

खबर सबै