

साना किसान भलवाडको निःशुल्क स्वास्थ्य शिविर : १ सय बढीले सेवा लिए


कपिलवस्तु | कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भलवाडस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। एन्जल फाउन्डेसन गोरुसिङेको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरबाट १ सय ४ जना सेवाग्राही लाभान्वित भएका छन्।
शिविर वाणगंगा–९ स्थित सगरमाथा विद्या मन्दिरको परिसरमा आयोजना गरिएको थियो। शिविरमा डाक्टर मनिष कुमार यादव र डाक्टर निशा ओलीको टोलीले विशेषगरी पाइल्स, फिस्टुला र फिसरसम्बन्धी बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका थिए।
शिविरमा आएका बिरामीमध्ये ४६ जनाले ल्याब परीक्षण सेवा लिएका थिए भने २६ जनाको सोही स्थानमै उपचार गरिएको थियो। भने थप उपचार आवश्यक देखिएका १८ जनालाई अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको सहकारीकी प्रबन्धक मानकुमारी गिरिले जानकारी दिनु भएको थियोे ।
उनका अनुसार शिविरमा सहभागी अधिकांश सेवाग्राहीले समयमै स्वास्थ्य परीक्षण गराई आफ्नो समस्याको पहिचान तथा उपचारमा सहजता पाएका छन्। ग्रामीण क्षेत्रमा यस्ता विशेष सेवा उपलब्ध हुँदा स्थानीयवासी उत्साहित देखिएका थिए ।
सहकारी संस्थाका अध्यक्ष दीपक बस्नेतले आफ्ना शेयर सदस्य तथा स्थानीयवासीको स्वास्थ्यप्रति संवेदनशील हुँदै यस्ता कार्यक्रम आयोजना गरिएको बताका थिए । अध्यक्ष बस्नेतले यसअघि संस्थाले वित्तीय साक्षरता, पारदर्शिता र सुशासनसम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गरिसकेको उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि समुदायमै आवश्यक देखिएकाले शिविर आयोजना गरिएको स्पष्ट पारेका थिए ।
शिविरले विशेषगरी दीर्घकालीन तथा लाजका कारण खुलाउन नसकिने रोगहरूको पहिचान र उपचारमा सहयोग पुगेको स्थानीयको भनाइ छ। यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया