
एसईई परीक्षा चैत १९ देखि : कपिलवस्तुमा १७१ बिद्यालयका ९ हजार ८८२ बिद्यार्थी सहभागी हुँदै

राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने माध्यमिक शिक्षा परीक्षा एसईई यसवर्ष यही चैत १९ गतेदेखि सुरु हुँदै छ । एसइईको तयारी पूरा भएको जनाइएको छ । बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट १९ गते बिहिबार बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुने जनाएको छ । चैत १९ गतेदेखि सुरु भई उक्त परीक्षा २९ गते सम्पन्न हुने छ ।
परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने छन् ।
कपिलवस्तुमा पनि एसइई परीक्षाको सबै तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ । कार्यालयका निमित्त प्रमखु चोपलाल बेल्बासेका अनुसार कपिलवस्तुमा यसवर्ष जिल्लाभर १७१ बिद्यालयका ९ हजार ८८२ बिद्यार्थी सहभागी हुँदै छन् । यहाँ ३५ परीक्षा केन्द्रमा साढे सात सय जनशक्ति परिचालन गरिदैँ छ।
परीक्षा समयमा परीक्षार्थीले मोबाईल, डिजिटल सामाग्री तथा चिट, गेस पेपर गाईड लगाातयका सामाग्री लैजान निषेध गरीएको छ । यसैबीच बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ।
परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए।
अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको उनले बताएका छन।
(तस्बिर : फाइल)


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया