

कपिलवस्तुमा बैंकिङ ठगीको डर लाग्दाे घटना: कर्मचारी नै गिरोहको मुख्य पात्र!परे प्रहरीकाे फन्दामा



कपिलवस्तु — जिल्लामा बैंकिङ प्रणालीकै दुरुपयोग गरेर गरिएको ठूलो ठगी प्रकरण बाहिरिएको छ। प्रहरीका अनुसार बैंककै कर्मचारीले प्रणालीमा अनाधिकृत प्रवेश गरी ग्राहकहरूको मोबाइल नम्बर परिवर्तन गरेर करोडौं रुपैयाँ हिनामिना गरेको चकित पार्ने तथ्य खुलेको हो।
प्रहरी अनुसन्धानले देखाएको अनुसार ती कर्मचारीले ग्राहकको खातासँग जोडिएको मोबाइल नम्बर परिवर्तन गरी मोबाइल बैंकिङ र कनेक्ट आई.पी.एस मार्फत रकम ट्रान्सफर गर्दै आएका थिए। यसरी करिब १ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम गैरकानुनी रूपमा निकालिएको पुष्टि भएको छ।
घटनापछि सक्रिय बनेको प्रहरी टोलीले मायादेवी गाउँपालिका–१ पकडीबाट २८ वर्षीय ऋषभ कार्की लाई पक्राउ गरेको छ। पक्राउ परेका कार्कीमाथि बैंकिङ कसुर मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ। जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको चेतावनी: आफ्नो बैंक खातासँग जोडिएको मोबाइल नम्बर, OTP र मोबाइल बैंकिङ सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ। यस्ता घटनाबाट बच्न नियमित रूपमा आफ्नो खाताको गतिविधि जाँच गर्न समेत अनुरोध गरिएको छ।



खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया