

कपिलवस्तुमा बर्ड फ्लु जोखिम, उच्च सतर्कता अपनाइयो



कपिलवस्त। बर्ड फ्लु संक्रमण फैलिन नदिन कपिलवस्तु र सिँधुपाल्चोकमा उच्च सतर्कता अपनाइएको छ ।
जिल्ला पशु सेवा कार्यालयले दुवै जिल्लामा सम्भावित संक्रमण रोक्न निगरानी तथा नियन्त्रणका कामलाई तीव्र बनाइएको जनाएको छ । केही क्षेत्रमा कुखुरामा रोग देखिएपछि थप फैलिन नदिन विशेष सतर्कता अपनाइएको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीका अनुसार भारतसँग जोडिएका नाका र ग्रामीण क्षेत्रबाट कुखुरा तथा पक्षीको आवागमनमा कडाइ गरिएको छ । रोग देखिएका स्थानमा नमुना परीक्षणका लागि संकलन गर्ने काम पनि भइरहेको छ ।
त्यसैगरी सिँधुपाल्चोकमा पनि कुखुरा फार्महरूको नियमित अनुगमन र स्वास्थ्य परीक्षण बढाइएको छ । राजमार्ग तथा मुख्य नाकामा समेत निगरानी कडा पारिएको छ ।
पशु सेवा कार्यालयले कुनै पनि असामान्य अवस्था देखिए तत्काल जानकारी दिन आग्रह गर्दै सचेतना कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया