
केदारनाथ अटोमोबाइल्सले ल्यायाे ‘बजाज ग्राण्ड एक्सचेन्ज’ मेला : ग्राहकलाई आकर्षक सुविधा र विशेष छुट

कपिलवस्तु, बैरिया | मोटरसाइकल खरिद–बिक्रीलाई प्रवर्द्धन गर्ने उद्देश्यले केदारनाथ अटोमोबाइल्स प्रा.लि.ले “बजाज ग्राण्ड एक्सचेन्ज मेला” सञ्चालनमा ल्याएको छ। मेला २०८२ साल चैत १२ गतेदेखि १७ गतेसम्म बाणगंगा नगरपालिका–१, जीतपुरस्थित बजाज शोरूममा आयोजना गरिएको हो।
आयोजकका अनुसार मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ बजाज बाइक खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ। विशेषगरी एक्सचेन्ज योजनामार्फत पुराना बाइकमा थप ८ हजार रुपैयाँसम्म मूल्याङ्कन सुविधा प्रदान गरिनेछ।
मेलाका प्रमुख आकर्षणहरूमा नगद छुट, निःशुल्क हेल्मेट, शून्य सेवा शुल्कमा फाइनान्स सुविधा तथा सुनिश्चित नगद उपहार समावेश रहेका छन्। यसले ग्राहकलाई सहज र किफायती रूपमा नयाँ मोटरसाइकल खरिद गर्न थप सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।
ग्राहकलाई सहज वित्तीय पहुँच उपलब्ध गराउँदै गुणस्तरीय मोटरसाइकलको प्रयोग बढाउने उद्देश्यले मेला आयोजना गरिएको केदारनाथ अटोमोबाइल्सले जनाएको छ।
थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले केदारनाथ अटोमोबाइल्स प्रा.लि., बैरिया, कपिलवस्तुमा सम्पर्क गर्न सक्नेछन्।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया