

रोल्पाबाट एसईईमा ३८९८ विद्यार्थी सहभागी हुँदै



रोल्पा । पहाडी जिल्ला रोल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३८९८ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
२०८२ चैत १९ गतेदेखि सुरु हुने परीक्षामा जिल्लाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले १७ वटा परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् ।
जिल्ला शिक्षा समन्वय इकाई रोल्पाका अनुसार सदरमुकाम लिबाङस्थित बाल कल्याण मावि परीक्षा केन्द्रमा विभिन्न विद्यालयका गरी ३७५ जना विद्यार्थी सहभागी हुनेछन् ।
यसैगरी तारा मावि बामरुकमा २८७ जना,नेपाल मावि कोटगाउँमा १२७ जना,बाल उदय मावि माडीचौरमा २११ जना,चन्द्रप्रभा मावि मिझिङ परीक्षा केन्द्रमा १४० जना, सर्योदय मावि सुलिचौर परीक्षा केन्द्रमा २८६ जना, त्रिपुरेश्वरी मावि खुङग्रीमा १९४ जना,बराहक्षेत्र मावि बडाचौरमा २७३ जना, गौरीशंकर मावि ठुलोनम्जामा १७२ जना विद्यार्थी छन् ।
नमूना मावि जैमाकसलामा २२७ जना जनता मावि बागमारामा २६१ जना सिद्धार्थ मावि घोप्टेओडारमा २३३ जना,जीवनज्योति मावि देउलटाकुरा राँकमा २१८ जना, कृष्ण मावि घर्तीगाउँमा २२४ जना, अरनिको मावि नुवागाउँमा २३७ जना, जनजागृती मावि जुगाँरमा १८० र महेन्द्र मावि होलेरी परीक्षा केन्द्रबाट २५३ जना विद्यार्थी सहभागी हुनेछन् ।
रोल्पामा् साधारणतर्फ २ हजार ९१७ जना, प्राविधिकतर्फ १३४ र आंशिकतर्फ ८४७ जना गरी कुल ३ हजार ८९८ जना विद्यार्थी एसईईमा सहभागी हुन लागेको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख लालबहादुर घर्तीमगरले जानकारी दिए ।
-सूर्यप्रकाश बुढामगरबाट


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया