

प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु




जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को बिउ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्दै विस्तार गर्नका लागि बिउ उत्पादन थालिएको हो।
नौबहिनी गाउँपालिका–५, डामृ मा छ रोपनी क्षेत्रफलमा बिउ उत्पादनका लागि खेती गरिएको छ। यसका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना (नार्क), परियोजना कार्यान्वय एकाइ प्युठान का प्रमुख चुमानसिंह गिरी ले जानकारी दिनुभयो, “नार्कबाट मुल बिउ ल्याएर यहाँ बिउ उत्पादन गर्न थालिएको हो। किसानलाई बिउ, मल, विषादी र प्राविधिक सहयोग उपलब्ध गराइएको छ।”
नौबहिनी गाउँपालिकाले सिँचाइको व्यवस्था गरेको छ भने किसानले उत्पादन गरेको बिउ खरिद गर्नका लागि काठमाडौँको एक कम्पनीसँग समझदारी गरिएको छ। अघिल्लो वर्ष पनि कार्यालयले २५ रोपनी क्षेत्रफलमा प्युठानी रातो मुलाको बिउ उत्पादनमा सहयोग गरेको थियो र बजार व्यवस्थापन समेत गरेको थियो।
रातो मुला स्वास्थ्यका दृष्टिकोणले लाभदायक रहेको मानिन्छ। बिउ उत्पादनले जिल्लाको पहिचान मात्र नभई स्थानीय कृषकको आम्दानीमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। कृषकहरूले बिउ उत्पादनसँगै यसलाई व्यवसायिक खेती र बजार व्यवस्थापनमा पनि प्रयोग गर्नुपर्ने बताउँछन्।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया