

कपिलवस्तुमा ‘बोक्सी’ को आरोपमा कुटपिट : बाणगंगाबाट आमा–छोरी पक्राउ



कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट एक महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका–१ उप्टाहा बस्ने ५७ वर्षीया लिला कुमारी श्रेष्ठलाई बोक्सीको आरोप लगाउँदै आगोको अगुल्टोले शरीरका विभिन्न भागमा प्रहार गरी दुव्र्यवहार गरिएको घटनामा संलग्न रहेको आरोपमा ५१ वर्षीया हुम कुमारी झेडी मगर र उनकी २१ वर्षीया छोरी खगिसरा झेडी मगर लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुद्धारा जारी सुचनामा उल्लेख छ ।
प्रहरीका अनुसार घटना फागुन २६ गते बिहान करिब ११ बजे भएको थियो। घटनापछि प्रहरीले तत्कालै दुवै जनालाई नियन्त्रणमा लिई बोक्सी आरोप सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध अनुसन्धान अगाडि बढाउनका लागि कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
नेपालको कानुनअनुसार कसैलाई बोक्सीको आरोप लगाएर कुटपिट, दुव्र्यवहार वा अपमानजनक व्यवहार गर्नेलाई कानुनी कारबाहीको व्यवस्था गरिएको छ। यस्ता घटनाले सामाजिक कुरीति अझै पनि समाजमा विद्यमान रहेको देखाउँदा यसलाई नियन्त्रण गर्न सचेतना आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।



खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया