रुपन्देही ३ मा कांग्रेस, एमालेकै ‘जमानत जफत’

बुटवल । रुपन्देही ३ मा नेकपा एमाले, नेपाली कांग्रेससहित ३५ जनाको जमानत जफत भएको छ ।

यहाँबाट उम्मेद्वार बनेका मध्य रास्वपाका डा. लेखजंग थापा बाहेक अन्य कुनै पनि उम्मेद्वारले कूल सदर मत ९० हजार ३०५ को १० प्रतिशत प्राप्त मत ल्याउन सकेन् । यहाँबाट रास्वपाका डा.लेखजंग थापाले ५८ हजार ८१४ मत ल्याएर निर्वाचित भएका थिए ।

रुपन्देही ३ बाट नेकपा एमालेका बासुदेव घिमिरे, नेपाली कांग्रेसका सुशील गुरुङ्ग, नेपाल कम्युष्टि पार्टी (नेकपा) का फैज अहमद खाँ, राप्रपाका गौरब बोहरा उम्मेद्वार बनेका थिए ।


यस्तै नेपाली कांग्रेसका सुशील गुरुङ्गले ८ हजार ४३५, नेकपा एमालेका बासुदेव घिमिरले ८ हजार २७५, राप्रपाका गौरब बोहराले ७ हजार ७८९, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का फैज अहमद खाँले २ हजार ५९४ मत ल्याएका थिए ।

अन्य उम्मेद्वारहरुले भने १ हजार भन्दा पनि कम मत ल्याएका छन् ।

प्रतिक्रिया

खबर सबै