

रूपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ


रूपन्देही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले महेन्द्रलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७, जनक पथ बस्ने ४८ वर्षीय महेन्द्रलाई बैंकिङ कसुर मुद्दामा अदालतले कैद र जरिवाना गरिसकेको अवस्थामा पक्राउ गरिएको हो।र
उनलाई बैंकिङ कसुर मुद्दामा चितवन जिल्ला अदालतको २०८१ फागुन २५ गतेको फैसलाले २ वर्ष कैद र ३० लाख रूपैयाँ बिगो जरिवाना हुने ठहर गरेको थियो।
कैद र जरिवानाको फैसलापछि पनि अदालतमा उपस्थित नभएका महेन्द्रलाई चितवन जिल्ला अदालतको आदेश अनुसार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।
महेन्द्रलाई बुधबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित गल्लामण्डीबाट नियन्त्रणमा लिई अदालतमा उपस्थित गराउन पठाइएको चन्दले जानकारी दिए।
सेतोपाटीबाट ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया