

कपिलवस्तु–१ मा कांग्रेस उम्मेदवार कमालको भिजन सेभेन योजना के हो ?


कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं १ का कांग्रेस उम्मेदवार अतहर कमालले आफ्नो सङ्कल्प पत्र ‘भिजन सेभेन’ सार्वजनिक गरेका छन् ।
शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै कपिलवस्तु १ का कांग्रेस उम्मेदवार कमालले वाणगंगामा बन्न लागेर रोकिएको जीपी मेमोरियल टेक्निकल इन्स्टिच्युटको कार्य अघि बढाउने, क्षेत्रको मध्यभागमा वन विज्ञान अध्ययन संस्थान स्थापना र दक्षिणी क्षेत्रमा अम्बेडकर समतामूलक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
समग्र पर्यटनको विकास गर्न कपिलवस्तु विकास कोष गठनका लागि काम गर्ने, खरको छानामुक्त क्षेत्र बनाउने, सडक पूर्वाधारको निर्माण, तीन पालिकामा व्यवस्थित बसपार्क निर्माण र आदिवासी जनजाति संग्रहालय स्थापना गर्ने प्रतिबद्धता गरेका छन् । त्यसै खेलकुद र युवातर्फ रंगशाला र खेल मैदान निर्माण, युवा स्टार्टअप कोष निर्माण गर्न नीतिगत पहल, युवा स्वरोजगारका लागि सीप प्रवद्र्धनको कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जनाएका छन् ।
कृषितर्फ सिँचाइ पूर्वाधार निर्माण, छाडा र जंगली जनावरको व्यवस्थापन र क्षतिपूर्तिको सुनिश्चितता, भूमिहीन अव्यवस्थित जग्गा र सुकुम्बासीको समस्या समाधानको पहल, दुध संकलन केन्द्र तथा चिस्यान केन्द्र स्थापनामा समन्वय र पशु पकेट क्षेत्रका रूपमा विकास गर्ने कार्यक्रम सञ्चालन गर्न पहल गर्ने पनि प्रतिबद्धता छ ।


खबर सबै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार






प्रतिक्रिया