
कपिलवस्तु १ : रास्वपा उम्मेद्धार आचार्यको बाचा-पत्र, के के छन पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता ?

कपिलवस्तु । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अधिवक्ता मोहन आचार्यले आफ्नो विस्तृत बाचा–पत्र सार्वजनिक गरेका छन्।
“सामाजिक न्यायसहितको समृद्ध कपिलवस्तु स् वर्ष ५, काम १०” भन्ने नारासहित आचार्यले कृषिदेखि सूचना प्रविधिसम्मका क्षेत्र समेटेर प्राथमिकताका दस प्रतिबद्धता अघि सारेका हुन्।
पाँच वर्षभित्र पूरा गर्ने १० एकीकृत प्रतिबद्धता
आचार्यले सार्वजनिक गरेको बाचा–पत्रअनुसार कपिलवस्तु–१ को समग्र विकासका लागि निम्न प्रमुख कामहरू अघि सारिएका छन्—
कृषि क्रान्ति र किसान सम्मान : आधुनिक व्यावसायिक कृषि प्रवर्द्धन, सिँचाइ विस्तार, उन्नत बीउ–बिजन र अनुदानसहित मलको सहज उपलब्धता, कृषि उपज भण्डारणका लागि पालिका–स्तरमा कोल्ड स्टोर निर्माण तथा स्वदेशमै मल उत्पादनका लागि पहल।
सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा : पायक पर्ने स्थानमा मेडिकल कलेजसहित सुविधा सम्पन्न अस्पताल निर्माण, पिपरा अस्पताल र स्वास्थ्य चौकीहरूको स्तरोन्नति तथा पूर्ण स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि नीतिगत पहल।
गुणस्तरीय र समान शिक्षा : विद्यालय र मदरसाको शैक्षिक स्तर उन्नति, समान सुविधा सुनिश्चित, विश्वविद्यालय र शिक्षा विधेयकका लागि पहल तथा जिल्लामा पुस्तक वितरण डिपो स्थापना।
धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धन : बुद्धसँग सम्बन्धित पवित्र स्थलसहित धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको संरक्षण र स्तरोन्नति, बुद्ध सर्किट निर्माण तथा स्थानीय सम्पदाको प्रचार–प्रसार।
रोजगारी सिर्जना : कृषि र पर्यटनको व्यावसायिक औद्योगिकीकरणमार्फत स्थानीय स्तरमै रोजगारीका अवसर विस्तार।
भूमिहीन तथा सुकुम्बासी समस्या समाधान : ऐलानी, नदी उकास लगायत क्षेत्रमा दीर्घकालीन बसोबास गरिरहेका नागरिकलाई उपभोगका आधारमा स्वामित्व सुनिश्चित गर्ने पहल।
यातायात तथा पूर्वाधार विकास : क्षेत्रभित्रका सडकहरूको स्तरोन्नति, पिपरा–चाकलचौडा सडकलाई प्राथमिकता तथा बाणगंगा र मायादेवीमा सुविधा सम्पन्न बसपार्क निर्माण।
वन तथा वातावरण संरक्षण : चुरे क्षेत्र र बाणगंगा–कोइली नदीको संरक्षण गर्दै त्यसबाट हुने आम्दानी स्थानीय समृद्धिमा लगानी गर्ने योजना।
युवा विकास र खेल पूर्वाधार : पालिका–स्तरमा खेलमैदान र स्टेडियम निर्माण, खेल पूर्वाधार स्तरोन्नति तथा युवालाई खेलमार्फत राष्ट्र निर्माणमा प्रेरित गर्ने कार्यक्रम।
सूचना तथा सञ्चार विस्तार : सरकारी कार्यालय र सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्दै सूचना–प्रविधिमा सर्वसुलभ पहुँच सुनिश्चित।
आचार्यले यी सबै प्रतिबद्धता नीतिगत र व्यवहारिक दुवै तहमा कार्यान्वयन गर्ने दाबी गर्दै कपिलवस्तुवासीलाई विकास, एकता र सुशासनको यात्रामा साथ दिन आग्रह गरेका छन्। उनले आगामी निर्वाचनमा रास्वपाको चुनाव चिह्न ‘घन्टी’मा मत दिएर विजयी गराउन अपिल गरेका छन्।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया