

नयाँ सोच र प्रतिबद्धतासहित ‘सनफलावर बोर्डिङ स्कुल’को यात्रा, ‘अभिभावकीय कला’मार्फत गुणस्तरीय शिक्षाको सन्देश


कपिलवस्तु, बाणगंगा । बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवास्थित सनफलावर इङ्लिस बोर्डिङ स्कुलले नयाँ व्यवस्थापन टिमको नेतृत्वमा पहिलो औपचारिक कार्यक्रम आयोजना गर्दै गुणस्तरीय शिक्षाको नयाँ अध्याय सुरु गरेको छ। बिहीबार विद्यालय परिसरमा सम्पन्न “प्रभावकारी अभिभावकीय कला” सम्बन्धी विशेष कार्यक्रमले विद्यालयको भावी रणनीति र शैक्षिक दृष्टिकोण स्पष्ट पारेको छ।
विद्यालयको नयाँ व्यवस्थापकीय टिमको नेतृत्व सम्हालेका अध्यक्ष कृष्ण के.सीले शिक्षाको गुणस्तर अभिवृद्धि बिना समाजको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै बाणगंगालाई शैक्षिक हबको रूपमा विकास गर्ने प्रतिबद्धता जनाए।
“वडा नम्बर ९ आफैंमा सक्षम जनशक्ति उत्पादन गर्न सक्ने आधारभूमि हो। यहाँका बालबालिकाले गुणस्तरीय शिक्षा पाउन टाढा जानुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने, “अबको केही समयमै यहीँ पढेर उत्कृष्ट नतिजा दिन सकिन्छ भन्ने प्रमाण यही वडाबाट स्थापित हुनेछ।”
कार्यक्रमको मुख्य आकर्षणका रूपमा मोटिभेटर तथा लाइफ कोच उपेन्द्र अधिकारीले अभिभावक र विद्यार्थीलाई ‘अभिभावकीय कला’ विषयमा प्रशिक्षण दिएका थिए। उनले बालबालिकालाई अनुशासनका नाममा डर र त्रास देखाउने प्रवृत्ति त्याग्न आग्रह गर्दै माया, संवाद र भावनात्मक समझदारी नै सफल अभिभावकत्वको आधार भएको बताए। “बालबालिकाको मनोविज्ञान बुझेर व्यवहार गर्दा मात्र उनीहरूमा आत्मविश्वास र सिर्जनशीलता विकास हुन्छ,” उनले स्पष्ट पारे।

कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने सन्देश दिएको थियो। विद्यालयले शैक्षिक उन्नतिसँगै चरित्र निर्माण, भावनात्मक सन्तुलन र संस्कारयुक्त शिक्षालाई प्राथमिकतामा राख्ने संकेतसमेत दिएको छ।
कार्यक्रममा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूले कला, संस्कृति र सृजनात्मक प्रतिभा झल्कने नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरी उपस्थित सबैको मन जितेका थिए। उनीहरूको प्रस्तुतीले विद्यालय केवल पाठ्यपुस्तकमा सीमित नरही बहुआयामिक प्रतिभा विकासमा केन्द्रित रहेको सन्देश दिएको थियो।
समारोहमा वडा भित्रका सामाजिक तथा शैक्षिक व्यक्तित्वहरू दीपककुमार थापा, धुव्र बेल्बासे लगायतको आतिथ्यता रहेको थियो। विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण र प्रभावकारी बनाएको थियो।

विद्यालयका प्रिन्सिपल अन्जित खनालको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रमले सनफलावर इङ्लिस बोर्डिङ स्कुल नयाँ सोच, स्पष्ट योजना र दृढ नेतृत्वसहित अघि बढिरहेको संकेत दिएको छ। नयाँ व्यवस्थापनसँगै विद्यालयले स्थानीय स्तरमै उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ, जसले बाणगंगाको शैक्षिक भविष्यलाई थप उज्यालो बनाउने विश्वास लिइएको छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया