

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ





कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा विष्फोटक पदार्थ राखेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाका तीन स्थानमा शंकास्पद विष्फोटक पदार्थ फेला परेपछि अनुसन्धान गर्दै एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बुद्धभूमि नगरपालिका वडा नं। २ अन्तर्गत गोरुसिङ्गे जंगलस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्ड, महाराजगञ्ज नगरपालिका वडा नं। २ को वाणगंगा नदीको बगदी पुल नजिक तथा शिवराज नगरपालिका वडा नं। १ अन्तर्गत शिवपुर रेंजर पोष्ट नजिक बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।
विशेष सूचनाका आधारमा प्रहरीले उक्त स्थानहरूमा सार्वजनिक प्रयोग हुने सडक, बाटो, पुल तथा सर्वसाधारणको आवतजावत हुने स्थानमा विष्फोटक पदार्थ राखिएको आशंकामा खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा वाणगंगा नगरपालिका वडा नं। २ तिनैया निवासी नेपाल कम्युनिष्ट पार्टी ९बहुमत० का साधारण सदस्य वर्ष ४५ का शोभे थारु भन्ने खोमे थारु लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका थारुलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गे तथा इलाका प्रहरी कार्यालय पिपराको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका थारुमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ बमोजिम विष्फोटक पदार्थ सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया