कपिलवस्तुबाट पुराना दलप्रति रविको कटाक्षपूर्ण उद्घोषः “इतिहास तपाई बनाउनुभए होला, भविष्य हामी बनाउँछौँ”


कपिलवस्तु । कपिलवस्तुको चार नम्बर बजार शनिबार एकाएक ‘घण्टीमय’ बन्यो। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सभाले व्यस्त बजारलाई राजनीतिक केन्द्रबिन्दुमा रूपान्तरण ग¥यो। भाषणका क्रममा लामिछानेले पुरान दल र तिनका नेताहरु प्रति कटाक्ष गर्दै उद्घोष गर्दै भने, तपाई इतिहास बनाउनुभयो होला, हामी अब भविष्य बनाउने छौँ ।

उनले अब देश बर्बाद हुन दिने छुट नभएको भन्दै कपिलवस्तु १ का मतदाताले कानुनका विज्ञ मोहन आचार्यलाई जिताउने विश्वास पनि व्यक्त गरे । रबिले दोहो¥याएको वाक्य थियो—“म भोट माग्न आएको होइन, यो अग्रिम बुकिङ हो ।”

लामिछानेले परम्परागत दलहरूलाई लक्षित गर्दै भने, “पुरानाले इतिहास बनाए, अब भविष्य बनाउने पालो हाम्रो हो।” उनको यो अभिव्यक्ति सिधै स्थापित राजनीतिक शक्तिप्रति असन्तुष्ट मतदातालाई लक्षित देखिन्छ। कपिलवस्तुमा उनले ‘दल होइन, मत बदल्नुस्’ भन्ने सन्देश अघि सार्दै मत परिवर्तनमार्फत राजनीतिक परिवर्तन सम्भव हुने दाबी गरे।

कपिलवस्तु–१ मा कानुनका विज्ञ उम्मेदवार मैदानमा रहेको उल्लेख गरेका रबिले भने, “कानुन बुझ्ने प्रतिनिधि संसदमा पुग्नुपर्छ,” यसपटक ‘भोट नबाडीँ, घण्टी बजाऔँ ।’


घण्टी अभिवादन र जनतासंगको साक्षतकार अभियानका क्रममा देश दौडाहामा रहेका रवि लामिछाने शनिबार दिनभर जसो कपिलवस्तुमा छन् । चारनम्बर चोक व्यापारिक गतिविधिका कारण सधैं व्यस्त रहने क्षेत्र हो। त्यही स्थानबाट दिएको सन्देशले चुनावी माहोल थप तातेको छ ।


लामिछानेको ‘अग्रिम बुकिङ’ शब्दावली चुनावी भाषणमा प्रयोग हुने परम्परागत शैलीभन्दा फरक छ । यो अभिव्यक्ति मतदातामा आत्मविश्वास जगाउने र जितप्रति आश्वस्त सन्देश दिने रणनीतिको रुपमा हेरिएको छ । उनले यसपटक आफु भोट माग्न नआएको भन्दै भोट माग्न फेरी आउने बाचा गरे । “दल परिवर्तन गर्न पर्दैन, बस् मत परिवर्तन गर्नुस उनले भनेका छन्।”
कपिलवस्तु प्र्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रास्वपाले संविधानविद मोहन आचार्यलाई उमेद्धार बनाएको छ ।

यो क्षेत्रमा लामो समय देखि एमाले र कांग्रेसले आलोपालो पकड जमाउँदै आएको स्थान हो । जहाँ यसपटक रास्वपाले घण्टी बजाउने संकल्प गरेको छ । रास्वपाको सक्रिय उपस्थितिले यसपटकको प्रतिस्पर्धालाई यहाँ थप रोचक बनाएको छ। स्थापित दलहरूविरुद्ध असन्तोष, युवा पुस्ताको सक्रियता र वैकल्पिक राजनीतिको बहसले चुनावी समीकरण फेरिन सक्ने संकेत बुझिएको छ ।

कपिलवस्तुको बजारबाट सुरु भएको ‘घण्टी अभियान’ ले मतदानको दिनसम्म कत्तिको प्रभाव पार्छ भन्ने प्रश्न यथावत् छ।

प्रतिक्रिया

खबर सबै