

तौलिहवामा १ हजारको नक्कली नोट फेला





कपिलवस्तु | कपिलवस्तुको तौलिहवा स्थित आनन्दबाग क्षेत्रमा रहेको एक पसलमा १ हजार रुपैयाँको नक्कली नोट फेला परेको छ।
स्थानीय व्यापारीका अनुसार एक व्यक्तिले पसलबाट सामान खरिद गरेपछि भुक्तानीका क्रममा १ हजारको नोट दिएको र पछि जाँच गर्दा उक्त नोट नक्कली भएको थाहा भएको हो।
व्यापारीले उक्त नोट नक्कली भएको पुष्टि भएपछि आसपासका अन्य पसल तथा सर्वसाधारणलाई पनि सतर्क रहन आग्रह गरेका छन्।
यस घटनापछि तौलिहवा बजार क्षेत्रमा नक्कली नोटको कारोबार हुनसक्ने आशंका बढेको भन्दै व्यापारीहरूले ठूला दरका नोट लिँदा सावधानी अपनाउन, नोटको सुरक्षा चिन्ह राम्रोसँग जाँच गर्न र शंका लागेमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेका छन्।
स्थानीय व्यापारीहरूले बजारमा यस्ता नक्कली नोटहरू फैलिन नदिन प्रहरी प्रशासनले समेत निगरानी बढाउनुपर्ने माग गरेका छन्।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया