

कपिलवस्तु -१ : कांग्रेस उम्मेद्धार मुसलमान भन्छन् “काङ्ग्रेस कमजोर छैन”, कमजोर मनस्थिति नबनाउन गरे आह्वान



बाणगङ्गा | कपिलवस्तुको क्षेत्रनम्बर १ का काङ्ग्रेस उम्मेद्वार अत्तहर कमाल मुसलमानले बाणगङ्गाका कुनैपनी वडामा काङ्ग्रेस कमजोर नरहेको बताएका छन ।
चारनम्बरमा बाणगङ्गा नगरको चुनाव प्रचार प्रशार सम्पर्क कार्यालयको उद्द्घाटन समारोहमा बोल्दै उनले कुनैपनी वडामा आफुहरु कमजोर नरहेको भन्दै कमजोर मनस्थिति नबनाउन कार्यकर्तालाई आग्रह गरेका हुन । संविधान सभा सदस्य समेत रहेका मुसलमानले आफु विगतमा पनि जनताको विपक्षमा गएर कुनै कर्म नगरेको भन्दै आफू सधै जनताको पक्षमा रहेको बताए ।
गगन थापा सभापतिमा आइसकेपछि मतदाताको आगनमा पुग्दा काङ्ग्रेस प्रतिको लहर अझ बढ्दो रहेको उनले बताएका छन ।
त्यस्तै उनले चुनाव १०–१५ हजार मत अन्तरले जित्ने दाबी समे गरेका छन । त्यस्तै समानुपातिक उम्मेद्वार बिमला गैरेले देशैभर काङ्ग्रेसको माहोल बढ्दोरहेको भन्दै ढुक्क भएर चुनावी अभियानमा जोडिन आग्रह थियो ।
कार्यालयको उद्घाटन बाणगङ्गा नगरपालिकाका संस्थापक मेयर मङ्गल प्रसाद थारु र महाधिवेशन प्रतिनिधि दुर्गा सेनले संयुक्त रुपमा गरेका थिए । कार्यक्रम काङ्ग्रेस नगर सभापति विष्णु थापाको अध्यक्षता तथा नगर सचिव गोविन्द प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया