

‘अमृते सामुदायिक वन’ले गरिदियो उपभोक्ता ५७ परिवारको निःशुल्क ‘स्वास्थ्य बिमा’





कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वन उपभोक्ता समुहले विपन्न उपभोक्ता परिवारलाई स्वास्थ्य विमा गरिदिएको छ । सामुदायिक वन उपभोक्ता समुहको आ.व २०८२/०८३ को वार्षिक कार्यक्रम अन्र्तगत शनिबार एक कार्यक्रमकाबिच वन समुहका ५७ जना उपभोक्ता परिवारको स्वास्थ्य विमा गरिदिएको हो ।
अमृते सामुदायिक वनले गत वर्ष पनि वार्षिक कार्यक्रम अनुसार ३६ जनाको स्वास्थ्य विमा गराइदिएको थियो । यो वर्ष पनि थप नयाँ ५७ जनालाई यो कार्यँक्रममा जोडदिएको हो ।
सामुदायिक वनको सभाहल भर्तापुरमा आयोजित कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहयोग होस भनेर सुरु गरेको स्वास्थ्य विमा कार्यक्रममा समुदायका विपन्न नागरिकहरुलाई सामुदायिक वनले आफ्नो लगानीमा समावेश गराउनु धेरै राम्रो कार्यक्रम रहेको बताए । उनले वनले सुरुमा लगानी गरेता पनि आउँदा वर्षबाट त्यसको नविकरण आफैले गरेर स्वास्थ्य विमाबाट लाभ लिन लक्षित परिवारहरुलाई आग्रह गरेका छन् ।

यस्तै कार्यक्रममा समाजसेवी नारायण खनालले अमृते सामुदायिक वन उभोक्ता समुहले आफ्ना उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसरी विमा कार्यक्रममा जोड्नु उत्कृष्ट कार्य रहेको भन्दै विकसित राष्टहरुले पनि समृद्धिको आधार स्वास्थ्यबाटै सुरु गरेकाले यो कार्यक्रम समुदायस्तरबाटै सफल पार्नुपर्ने बताए ।
यस्तै वनका सल्लाहकार गोपाल गिरीले सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण सूचनाका कारण कतिपय नागरिकमा स्वास्थ्य विमा कार्यक्रम प्रति अरुचि बढेको भन्दै त्यसलाई प्रभावकारी सचेतना जरुरी रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य विमा सहजकर्ता कविता पौडेलले हाल नेपालमा स्वास्थ्य विमा कार्यक्रमको पछिल्लो अवस्था र विमितले प्राप्त गर्ने लाभहरुका बारेमा जानकारी दिइन् ।
अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले सामुदायिक वनले वनको स्रोतबाट गत वर्ष र यस वर्ष निरन्तर यो कार्यक्रम संचालन गरेको जानकारी दिए । उनका अनुसार सामुदायिक वनले पहिलो पटक उपभोक्ता सदस्यलाई विमा कार्यक्रममा आबद्ध गराउने र त्यपछिका हरेक वर्ष विमित आफैले नविकरण गरि यसको उपयोग गर्ने गरी काम गरिएको छ ।
यस्तै अमृते सामुदायिक वनले आफ्नै क्षेत्रमा प्राङ्गारिक मलको उत्पादनको तयारी समेत गरिरहेको जनाएको छ । सम्पन्न कार्यक्रममा वनका उपाध्यक्ष मिरा पौडेलको स्वागत तथा सचिव मिना सिंजापतिको संचालन रहेको थियो । कार्यक्रममा वन उपभोक्ता समुहका कार्यसमितिका पदाधिकारीहरु, विभिन्न उप समितिका संयोजकहरु, स्थानीय टोल विकास संस्थाका संयोजक, युवा क्लवका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया