

लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ ५ पुस देखि





काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही ५ पुसदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ।
लुम्बिनी लायन्सले आज (बिहीबार) सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर १५ पुसमा रुपन्देही पुगेर पूरा हुनेछ।
तालिकाअनुसार ५ पुसमा नेपालगन्जको बागेश्वरी मन्दिरदेखि बर्दियाको गुलरियासम्म र भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ। ६ पुसमा दाङको तुलसीपुर-घोराहीमा टुर आयोजना हुनेछ।
७ पुसमा रुकुमको रुकुमकोट-खलंगासम्म, ८ पुसमा रोल्पाको लिवाङ-सुलिचौरसम्म, ९ पुसमा प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म, १० पुसमा बिजुवार बरुङ्लादेखि चकचके दरभाङ र भालुवाङसम्म टुर रहनेछ।
साथै ११ पुसमा कपिलवस्तुको चन्द्रौटा-कृष्णनगर-तौलिहवा-गोरुसिंगेसम्म, १२ पुसमा अर्घाखाँचीको सुपादेउरालीदेखि सन्धिखर्कसम्म, १३ पुसमा गुल्मीको तम्घासमा, १४ पुसमा पाल्पाको तानसेन बजार, १५ पुसमा नवलपरासीको बर्दघाट-सुनवलसम्म र १५ पुसमै रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ।
लुम्बिनी लायन्सका अनुसार १६ पुसमा बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ।
एनपीएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदू्रपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो। लुम्बिनीले त्यससअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र प्लेअफको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो। एनपीएलको पहिलो संस्करणको जनकपुर बोल्ट्सले जितेको थियो।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया