

एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा



नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले आज सूचना निकालेर सय रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको जानकारी गराएको हो ।
पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटमा दृष्टिविहीनका लागि विशेष व्यवस्था गरिएको छ । दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
साबिककै आकार तथा रङमा रहेको नोटको अगाडितर्फको मध्य भागमा नेपालको चुच्चे नक्सा रहेको छ । मध्य भागमा नेपालको नक्सा सहित अशोक स्तम्भको चित्र रहेको छ । नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।
सुरक्षाको लागि नोटमा २ मिमी चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ । नोटको पछिल्लोतर्फको मध्यभागमा एकसिंगे गैडाको माउ र बच्चाको चित्र रहेको छ ।



खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया