चितवनलाई पराजित गर्दै लुम्बिनीको विजयी सुरुआत

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)–२ मा विजयी सुरुवात गरेको छ ।

एनपिएलमा विजयी सुरुवात गर्नेक्रममा लुम्बिनीले बिहीबार चितवन राइनोजलाई ६ विकेटले हरायो । गत संस्करणमा निकै खराब प्रदर्शन गरेको लुम्बिनीले यसपालि भने पहिलो खेलमै जित निकालेर सुखद सन्देश दिएको छ ।

उता पहिलो खेलमा कर्णालीलाई हराएको चितवनले भने दोस्रो म्याचमा भने कमजोर ब्याटिङ गर्‍यो । लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै ऊ १ सय ४२ रनमा रोकियो ।

चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले चार चौका र तीन छक्कासहित ६६ रन बनाए । जारी प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो ।

कर्णाली याक्सविरुद्ध भएको पहिलो खेलमा ५२ रनको पारी खेल्दै बोपारा ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए ।

त्यस्तै, दोस्रो खेलमा कप्तान कुशल मल्लले २१, सैफ जैबले १५, देव खनालले १४ तथा दीपक बोहराले १० रन बनाए ।

चितवनका लागि बलिङमा रुबेन ट्रम्पलम्यानले सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै, अभिषेश गौतमले दुई तथा गुलबदिन नाइबले एक विकेट लिए ।

१ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा भेट्टायो । उसका लागि गलबन्दिन नाइबले अविजित ४४, कप्तान रोहित पौडेलले ३९, सन्दीप जोराले २८, डार्सी सर्टले ११ तथा दिलिप नाथले १० रन नबाए ।

प्रतिक्रिया

खबर सबै