

कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा प्रहरी सहायक हवलदारको मृत्यु





कपिलवस्तुमा दुइटा मोटरसाइकल ठोक्किँदा एउटा मोटरसाइकलमा सवार प्रहरी सहायक हवलदारको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी–तौलिहवा सडक खण्डको लवनीस्थित सुद्धोधन गाउँपालिका वडा नं. ३ को कार्यालय नजिकै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको हो।
दुर्घटनामा परि कपिलवस्तुका वाणगंगा नगरपालिका वडा नं. ४ कोपवामा कार्यरत प्रहरी सहायक हवलदार राम विलास यादवको मृत्यु भएको हो। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ७ टिकर निवासी यादव हाल प्रहरी चौकी कोपवामा कार्यरत थिए।
प्रहरीका अनुसार शुक्रवार दिउसो ३ बजेतिर लवनीबाट तौलिहवातर्फ जाँदै गरेको यादव बसेको लु २७ प २०८५ नं. को मोटरसाइकल र तौलिहवाबाट लवनीतर्फ आउँदै गरेको लु ८३ प ७६९२ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
दुई वटा मोटरसाइकल ठोक्किँदा लु २७ प २०८५ नं. को मोटरसाइकलको पछाडि बसेका यादव सडकमा पल्टिएलगत्तै लवनीबाट तौलिहवा तर्फ जाँदै गरेको ना ६ ख ७७१९ नं. को ट्रकले पुनः ठक्कर दिएको थियो।
मोटरसाइकल र ट्रकको ठक्करपछि तत्काल तौलिहवा स्थित कपिलवस्तु अस्पताल पुर्याइएकोमा चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यादव चढेको मोटरसाइकलका चालक रोहिणीका ३१ वर्षीय निरञ्जन यादव र उनलाई ठक्कर दिने मोटरसाइकलमा सवार कालिकोटको शुभ कालिका गाउँपालिका वडा नं. ५ का ३२ वर्षीय उमाकान्त अधिकारी घाइते छन्।
प्रहरीले यादवलाई ठक्कर दिने मोटरसाइकल, ट्रक र ट्रकका चालक कपिलवस्तुको बुद्ध भूमि नगरपालिका वडा नं. २ बडहराका ३२ वर्षीय शम्भु थारुलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले दुर्घटनामा परि मृत्यु भएका यादवको शवलाई पोस्टमर्टम र जिल्ला प्रहरी कार्यालयमा श्रद्धाञ्जलीपछि अन्तिम संस्कारको लागि परिवारको जिम्मा लगाएको जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया