मायादेवीमा वडा अध्यक्षहरूको संयुक्त बैठक : कार्यपालिका बैठकमा वडा अध्यक्षहरुकाे उपस्थिति अनिवार्य हुनुपर्नेमा एकमत

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ नम्बर वडा कार्यालयमा वडा अध्यक्षहरुकाे आज सम्पन्न संयुक्त बैठकले गाउँपालिकाभित्र विद्यमान विभिन्न समस्याहरूका विषयमा छलफल गरी महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठक वडा नम्बर १ का वडा अध्यक्ष मुहम्मद इसहाक मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा गाउँपालिकाका अन्य वडाध्यक्षहरू महम्मद हुसैन मुसलमान, शैलेन्द्र कुमार यादव, असफाक अहमद मुसलमान, राघवेन्द्र प्रसाद पाण्डेय, सन्दिप कुमार चौधरी, जनार्दन प्रसाद चौधरी र मुस्ताक अहमद मुसलमानको उपस्थिति रहेको थियो।

बैठकले मायादेवी गाउँपालिकाभित्र रहेका विभिन्न समस्या तथा चुनौतीहरूको बारेमा छलफल गर्ने र गाउँपालिकाको ध्यान आकर्षण गर्ने निर्णय गरेको छ। साथै, बैठकले गाउँपालिकाको कार्यप्रणाली सुधारका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय पनि सर्वसम्मत रूपमा गरेको छ।

निर्णय अनुसार, गाउँपालिकाका कुनै पनि कार्यपालिकाको बैठकमा वडाध्यक्षहरू सहभागी नभएसम्म गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्ने निष्कर्ष निकालिएको छ। बैठकमा उपस्थित सबै वडाध्यक्षहरूले यस निर्णयमा हस्ताक्षर गरी समर्थन जनाएका छन्।

प्रतिक्रिया

खबर सबै