
लम्बियो झरी, यस्तो छ कारण

आज देखि रोकिने भनिएको वर्षाको मौसमी प्रणाली देशका मध्य र पूर्वी भूभागमा झरी लम्बिएको छ। यसअघि बागमती, गण्डकी र तराईका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अनुमान गरिए पनि झरी लम्बिएको हो ।
मौसमविद उज्वल उपाध्यायले मौसमी पूर्वानुमानका तीनवटा मोडेल (सुत्रहरु) को संयुक्त अध्ययन अनुसार यी प्रदेशमा झरी लम्बिएको बताएका छन् ।
यस्तो छ झरी लम्बिनुको मुख्य कारण?
मोन्था आँधी बिहीबारदेखि कमजोर भएर सक्रिय रहेको (तर नबाहिरिएको) पश्चिमी वायुसँग यसको मिश्रण भई एक ठूलो संयुक्त प्रणाली बनेको छ । जसले व्यापक क्षेत्र ढाकेको छ ।
यो प्रणाली हिजो रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्नुपर्ने भएपनि बंगालको खाडी नजिकै थाइल्याण्डको दक्षिणी भू(भागमा निर्मित र हाल बङ्गलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीद्वारा उल्टो दिशामा ९उत्तर–पश्चिम तर्फ० धकेलिएको उपाध्यायले बताएका छन्।
यसैबिच,अरब सागरबाट अर्को सक्रिय प्रणाली गुजरात–राजस्थान हुँदै उत्तर–पूर्वतर्फ अगाडि बढिरहेको उनले बताए । अहिले नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायुको दबाव परेका कारण वर्षा गराउने बादलको ठुलो हिस्सा अहिले गण्डकी–बागमती–कोशी क्षेत्रमा ‘टसमस’ नगरी बसेको र लगातार वर्षा भइरहेको उनको भनाइ छ । हावामा जलवाष्पको मात्रा अत्यधिक भएको हुँदा वर्षा रोकिएको बेला पनि शीत परेजस्तो मसिना पानीका कण झरिरहेको उपाध्यायले बताएका छन्।
अब के हुन्छ?
यस्तो अवस्थामा हल्का झरीमात्रै पर्ने र ठुलो वर्षा नहुने मौसमदि उपाध्यायले बताए । यस्तो अवस्थामा बाढीको जोखिम भने अत्यन्त न्यून हुने उनले बताएका छन् । धेरै प्रणाली मिसिएको जटिल अवस्था भएकोले अब यो प्रणाली कतिबेर रहन्छ भन्न त्यति सजिलो भने नभएको उनको भनाइ छ ।
तर बादलको घनत्व घट्ने क्रममा रहेकोले अबको १२ घण्टामा मौसममा उल्लेख्य सुधार आउने सम्भावना रहेको उनले बताएका छन् । साँझसम्म वर्षा पूर्ण रुपमा रोकिने र भोलि बिहानैदेखि घाम लाग्ने सम्भावना भने धेरै रहेको उनको भनाइ छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया