
बुटवल बसपार्कमा बसको ठक्करबाट कपिलवस्तुका एक युवकको मृत्यु

बुटवल । बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा लु २ ख ४०९७ नम्बरको बसको ठक्करबाट सोमबार विहान पैदलयात्री कपिलवस्तुको विजयनगर गाउँपालिका–७, बडसुदुवा निवासी ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले यादवलाई ठक्कर दिने बस र चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ का ४० वर्षीय भीम मगरलाई नियन्त्रणमा लिइएको बताए ।
बसले ठक्कर दिएपछि यादवलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बुटवलमा पेन्टिङको काम गर्दै आएका यादव तिहारको बिदा भएपछि बिहान घर जान बसपार्कतर्फ जाँदै गर्दा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया