
तिहार नजिकिएसंगै कपिलवस्तुका काेहार समुदाय माेटाेकाे भाँडा बनाउन ब्यस्त

अजय मिश्र, कृष्णानगर । तिहार नजिकिएसँगै कपिलवस्तुका स्थानीय काेहार समुदाय माटोका पाला बनाउन व्यस्त छन् । जिल्लाकाे कृष्णानगर नगरपालिका, महाराजगंज नगरपालिका, विजयनगर गांउपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका लगायत अन्य पालिकाका काेहार समुदायले माटाको भाँडा बनाउँदै आएकाे र तिहारमा माटोका दियो लगायतका भाँडा बनाउन व्यस्त रहेका हुन् ।
तिहारमा माटोको दियो माग धेरै हुने भएकाले पाला बनाउन भ्याइनभ्याई भएको कृष्णानगर १० बकौलीका चिन्कु काेहारले बताउनुभयाे । उहाँले माटोको पालाको माग अनुसारको बनाउन नसकिएको उल्लेख गर्नुभयाे ।
जिल्लामा उत्पादन भएका सदरमुकाम तौलिहवा, महाराजगंज , कृष्णानगर, चन्द्रौटा , मर्यादपुर, पकडी, लबनी लगायतका स्थानमा पुगि काेहार समुदायले बेच्ने गरेको बताउँछन् ।
अहिले बजारमा प्लास्टिकका दियोहरू आएपनि माटोका
दियोको मागमा भने कुनै कमी नआएको उनीहरुको भनाइ छ । गत वर्षकाे तुलनामा यस वर्ष माटोका पालाको भाउमा कुनै तलमाथि नभएको उनीहरूले बताएका छन्।
कपिलवस्तुका काेहार समुदायले अहिले माटोका दियो, कोसिया, चकिया, घण्टी, गा्ग्री लगायत सामान बनांउदै आए पनि अन्य समयमा पनि गमला, खुत्रुके लगायत माटोका सामानहरू बनाउँदै बिक्रीबितरण गर्दै आएका छन्।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया