

हमासले मुक्त गर्यो बन्धक

एजेन्सी । प्यालेस्टाइनी लडाकु समूह हमासले आफ्नो नियन्त्रणमा रहेका २० जना बन्धक मुक्त गरेको छ । सन् २०२३ को ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गरी केहीको हत्या गरेको थियो भने केहीलाई कब्जामा लिई बन्धक बनाएको थियो । त्यसपछि इजरायलीले हमासविरुद्ध सैन्य कारबाही गरेको थियो । यो सैन्य कारबाहीमा करिब ६० हजार प्यालेस्टाइनी मारिएको बताइन्छ ।
ठूलो जनधनको क्षतिपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो । सो सम्झौताअनुसार हमासले बन्धक रिहा गरेको हो । त्यसको बदलामा इजरायलले पनि प्यालेस्टाइनी कैदीहरू मुक्त गरेको छ । इजरायली सेनाले मुक्त बन्धकको तस्वीर पनि सार्वजनिक गरेको छ ।
बीबीसीका गाजा संवाददाता रुश्दी अबुअलूफका अनुसार, रेड क्रसका अधिकारीहरू इसराइली बन्धकहरूको दोस्रो समूहलाई फिर्ता ल्याउन गाजाको खान युनिस पुगेका थिए ।
यसअघि इसराइली सेनाले बताएको थियो कि रेड क्रसका अधिकारीहरू बन्धकहरूको दोस्रो समूहलाई फिर्ता ल्याउन दक्षिणी गाजातर्फ गएका थिए ।
हमासले सात इसराइली बन्धकहरूको पहिलो समूहलाई सोमबार बिहान रिहा गरेको थियो ।
सबै बन्धकहरूको दक्षिणी इसराइलमा स्वागत गरिएको छ । उनीहरूलाई एउटा किट पनि प्रदान गरिएको छ, जसमा इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनकी पत्नी सारा नेतन्याहूले लेखेको पत्र, साथै ल्यापटप, मोबाइल फोन, ट्याबलेट र लुगाहरू समावेश छन् ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया