

दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र



नवलपरासी — पानी परेपछि सडक हिलाम्मे हुँदा पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा १३ घण्टादेखि यातायात अवरुद्ध भएको छ । स्थानीय बासिन्दा सुनिल खनालका अनुसार बिहीबार साँझ ५ बजेदेखि दाउन्नेमा यतायात अवरुद्ध छ ।
पूर्व-पश्चिम हिँडेका सयौँ यात्रु दाउन्नेमा अलपत्र परेका छन् । दुम्कीबासदेखि करिब ४ किलोमिटर पश्चिममा पर्ने विश्वकर्मा मन्दिरनजिक सडक हिलाम्मे भएकाले गाडीको जाम दुम्कीबास र जंगलसम्म आइपुगेको छ ।
विश्वकर्मा मन्दिरदेखि ५० मिटरपूर्व तर्फमा नाला निर्माण नगर्दा बर्खामा पानी सडकबाटै बग्ने गरेको छ । उकालोमा ठूला गाडी फस्ने गरेका कारण राजमार्ग अवरुद्ध भइरहेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जानकारी दिएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया