
कपिलवस्तुमा निषेधाज्ञा जारी, कुनै पनि विरोधात्मक गतिविधि गर्न रोक

कपिलवस्तुमा धारा ६(३)(क) बमोजिम निषेधाज्ञा जारी
कपिलवस्तु । कपिलवस्तु जिल्लामा सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण उत्पन्न हुन सक्ने अवाञ्छित अवस्था नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुक्रबार एक आदेश जारी गर्दै २०८२ साल भदौ २७ गते बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म निषेधाज्ञा लागू हुने जानकारी दिएका हुन् ।
निषेधाज्ञा अवधिभर पाँच जना भन्दा बढी भेला भई प्रदर्शन, नाराबाजी, धर्ना, घेराउ, जुलुस तथा सभा जस्ता कुनै पनि विरोधात्मक गतिविधि गर्न रोक लगाइएको छ ।
आदेशको उल्लंघन गर्ने वा पालना नगर्ने व्यक्तिमाथि प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।



खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया