
कपिलवस्तु कारागारका कैदी बन्दीहरू कारागारबाट फरार, अदालतमा तोडफोड र आगजनी

कपिलवस्तु | जेनजी आन्दोलनको मौका पारि कपिलवस्तु कारागारका कैदी बन्दीहरू कारागारबाट फरार भएका छन् । ४ सय ७० जना कैदी बन्दी रहेको कारागारमा ३०/३५ जना बाहेक दुई ब्लकमा रहेका कैदी बन्दीहरू फरार भएका छन् ।
कारागारबाट फरार भएका कैदी बन्दीले नजिकै रहेको कपिलवस्तु अदालतमा तोडफोड र आगजनी समेत गरेका छन् । आगजनीबाट कारागारका कागजातहरू जलेका भने भवनको संरचना तथा उपकरणहरूमा समेत क्षति पुगेको छ ।
कारागारबाट भागेका कैदीबन्दीहरु यता उता भाग्दै गरेको देखिएको छ । कारागारमा रहेका ४ सय ७० जना कैदी बन्दी मध्य ३०/३५ जना बाहेक अन्य कैदी बन्दी फरार भएको जनाउँदै फरार कैदी बन्दीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जानकारी दिए । “ कारागारबाट फरार भएका कैदी बन्दीलाई नियन्त्रणमा लिन प्रयास गरेका छौँ ।
आदेश उल्लङ्घन गरे गोली प्रहार सम्मको आदेश दिएका छौँ । ” उनले भने । यसै बिच जिल्ला सुरक्षा समिति कपिलवस्तुले २०८२ भाद्र २४ गते राती १० बजेबाट नेपाली सेना सहितको सुरक्षा गस्ती परिचालन गरेको जनाउँदै कुनै पनि अवाञ्छित गतिविधि गरेमा सुरक्षात्मक कारबाही हुने सूचना जारी गरेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया