

ईस्लाम धर्मावलम्बीले मनाए कपिलवस्तुमा ‘मोहम्मद डे’



कपिलवस्तु | ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको एक हजार पाँच सयौं जन्मोत्सव (मोहम्मद डे) शुक्रबार यहाँ मनाइएको छ ।
सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर र महाराजगन्जलगायत विभिन्न क्षेत्रमा मुस्लिम समुदायले बाजागाजासहित र्याली, सभा र सामाजिक सेवामुखी कार्यक्रम गर्दै मोहम्मद डे मनाएका हुन् ।
तौलिहवास्थित बुद्ध पद्म माविको खेल मैदानबाट सुरु भएको र्याली नयाँटोल हुँदै गौढीचोक भवानी भिक्षुचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर समापन भएको थियो ।
मोहम्मद डे का दिन मुस्लिम परिवारले घर–घरमा हरियो झन्डा राख्ने चलन रहेको मुस्लिम अगुवा रउफअहमद खाले बताए । साथै यस दिन गरिब तथा असहायलाई भोजन खुवाउने र सहयोग गर्ने परम्परा रहेको उनले बताए ।
मुस्लिम धर्मगुरुका अनुसार पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा बिबी अमिनाको कोखबाट भएको थियो । ईस्लाम धर्मका अन्तिम सन्देशवाहकसमेत रहेका उनले ६३ वर्षको उमेरमा मदिनामा देहत्याग गरेका थिए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया