

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँगको भेटमा उठाए लिपुलेकको विषय





चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सामूहिक भेटमा लिपुलेक पास भएर हालै भारत र चीनबीच भएको व्यापार सम्झौतामा आपत्ति जनाएका छन्।
भेटमा ओलीले लिपुलेक, लिम्पियाधुरा नेपालकै रहेको भन्दै चीन-भारतबीचको व्यापार सम्झौतामा आपत्ति जनाएका हुन। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले नेपाली भूमिलाई भारत–चीनले व्यापारिक मार्ग बनाउने सहमति स्वीकार्य नभएको कुरा राष्ट्रपति सीसमक्ष राखेका हुन्। उनले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फ पर्ने सम्पूर्ण भूभाग नेपालकै सार्वभौम क्षेत्र भएको पुनः औंल्याए।
भेटमा दुई देशबीच मित्रता र सहकार्यका विविध क्षेत्रहरूमा छलफल भएको र सम्बन्ध अझ सुदृढ बनाउन दुवै पक्ष सक्रिय रहने सहमति भएको सचिव राईले जानकारी दिए। प्रधानमन्त्री ओलीले लिपुलेकको विषयमा नेपालको अडान दृढ रहेको र यसमा चीनको समर्थन अपेक्षित रहेको पनि बताए ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया