

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँगको भेटमा उठाए लिपुलेकको विषय



चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सामूहिक भेटमा लिपुलेक पास भएर हालै भारत र चीनबीच भएको व्यापार सम्झौतामा आपत्ति जनाएका छन्।
भेटमा ओलीले लिपुलेक, लिम्पियाधुरा नेपालकै रहेको भन्दै चीन-भारतबीचको व्यापार सम्झौतामा आपत्ति जनाएका हुन। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले नेपाली भूमिलाई भारत–चीनले व्यापारिक मार्ग बनाउने सहमति स्वीकार्य नभएको कुरा राष्ट्रपति सीसमक्ष राखेका हुन्। उनले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फ पर्ने सम्पूर्ण भूभाग नेपालकै सार्वभौम क्षेत्र भएको पुनः औंल्याए।
भेटमा दुई देशबीच मित्रता र सहकार्यका विविध क्षेत्रहरूमा छलफल भएको र सम्बन्ध अझ सुदृढ बनाउन दुवै पक्ष सक्रिय रहने सहमति भएको सचिव राईले जानकारी दिए। प्रधानमन्त्री ओलीले लिपुलेकको विषयमा नेपालको अडान दृढ रहेको र यसमा चीनको समर्थन अपेक्षित रहेको पनि बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया