

खुत्खुते सामुदायिक वनको पोखरीमा माछा पालन, पहिलो अभ्यासमै राम्रो प्रतिफल


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्लाबास स्थित खुत्खुते सामुदायिक वनले पहिलो पटक माछापालनको अभ्यास गरेको छ भने उक्त माछा पालनबाट राम्रो प्रतिफल पनि प्राप्त गरेको छ । सामुदायिक वनले वन क्षेत्रमा निर्माण गरेको पोखरीमा पहिलो पटक माछा पालन गरिएको हो ।
राष्ट्रपति चुरे संरक्षण समिति र खुत्खुते सामुदायिक वनको लागत साझेदारीमा निर्माण गरिएको पोखरीमा वन उपभोक्ता समितिले पहिलो पटक ३ हजार ६ सय माछाका भुरा छोडेको थियो । यो पोखरी ४ कट्टा क्षेत्रफलमा फैलिएको छ ।
सामुदायिक वनका अध्यक्ष भिम बहादुर पुनका अनुसार वन उपभोक्ता समितिले पहिलो पटक पोखरीमा माछापालनको अभ्यास गरेको बताए । उनले यस पटक करिब दश क्इिन्टल माछा उत्पादन हुने अपेक्षा गरिएको बताएका छन् । तीज पर्वलाई लक्षित गरी वनले बजार भाउ भन्दा सस्तो तथा सुपथ दरमा उपभोक्ता सदस्य र माछा किन्न पुग्ने ग्राहकहरुलाई उपलब्ध गराउने गरेको उनले जानकारी गराए । प्रति के.जि रु. २ सयमा वैखि जातको माछा वन उपभोक्ता समुहले बिक्री गरिरहेको वनका अध्यक्ष पुनले बताए ।
सामुदायिक वनले वनको आम्दानीमा पनि टेवा पुगोस भनेर यो नयाँ अभ्यास गरेको भन्दै उनले यसबाट आम्दानी पनि हुने र उपभोक्तालाई रोजगारी पनि मिल्ने भएकाले यसबाट प्रतिफल पनि लिन सकिने बताए । अहिले सम्म करिब ढाइ क्विइन्टल माछा बिक्रि भइसकेको छ ।
पानीको पर्याप्त स्रोत रहेको भर्लाबासमा पोखरी निर्माण गरी माछा पलान व्यवसाय गर्न उपयुक्त देखिन्छ । परीक्षणको रुपमा पहिलो अभ्यास स्वरुप सामुदायिक वनले बैखी जातको माछा पालन गरेको थियो । यो पोखरीमा धेरै जातका माछा एकैपटक पाल्न सकिने रहेछ,हामीलाई त्यसबारे ज्ञान भएन, अब त्यसै अनुसार भुरा राख्ने योजना बनाएका छौँ, अध्यक्ष पुनले भने ।
माछा पालन सँगै खुत्खुते सामुदायिक वनले बाँस र बाँसजन्य सामग्रीहरु समेत उत्पादन गर्दै आएको छ । विशेष गरी यतिबेला बाँसबाट बनाइएका खाद्यान्न राख्न प्रयोग गरिने भकारी निर्माण भएकाले आवश्यक पर्ने व्यक्तिले वन समुहमा सम्पर्क गरी सस्तो मुल्यमा लिन सकिने अध्यक्ष पुनले बताएका छन् । उनका अनुसार सामुदायिक वनले दुना टपरी समेत उत्पादन गरिरहेको छ । वन उपाभोक्ता सदस्यहरुकै सक्रियतामा दुना टपरी र बाँस जन्य सामग्रीहरुको उत्पादन गरी सामुदायिक वनले उद्यम विकासका गतिविधिहरुलाई समेत सक्रिय बनाएको छ । जसले यहाँका उपभोक्ता सदस्यहरुलाई वन विकास र वन संरक्षणमा लाग्न उत्प्रेरित गरेको छ भने आफ्नो खेर जाने समयलाई वनका गतिविधिमा सक्रिय बनाई आर्थिक आम्दानीमा समेत टेवा पुर्याएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया