बाणगंगामा एक सुनचाँदी पसलमा २२ लाखकाे धनमाल चाेरी

कपिलवस्तुको वाणगंगा नगरपालिका–७ स्थित बनगाईमा रहेको अर्घाखाँची सुपा देउराली सुनचाँदी पसलमा गए राति चोरी भएको छ ।

पसल सञ्चालक केशव सुनारका अनुसार चोरले करिब ८ तोला सुन, ३ किलो चाँदीसहित कुल २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् । बिहान पसल खोल्दा चोरी भएको थाहा पाएपछि सुनारले तत्काल प्रहरीलाई जानकारी दिएका थिए ।

सूचना पाएको केहीबेरमै ईलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी निरीक्षक लोकेन्द्र जिसीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् ।

स्थानीय बासिन्दाहरूका अनुसार राति असामान्य गतिविधि देखिए पनि चोरको पहिचान खुल्न सकेको छैन । प्रहरीले शंकास्पद व्यक्तिहरूमाथि सोधपुछ गरिरहेको र वरपर रहेका सीसीटिभी फुटेज संकलन गरेर अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ ।

प्रतिक्रिया

खबर सबै