

बालबालिकाको प्रतिरोधी क्षमता बढाउन आजदेखि स्वर्णप्राशन खुवाइँदै





सरकारले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आजदेखि स्वर्णप्राशन खुवाउन लागेको छ । २५ जिल्लाका आयुर्वेद अस्पतालबाट स्वर्णप्राशन खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न हरेक महिनाको पुष्य नक्षत्रका दिन स्वर्णप्राशन खुवाइनेछ ।
नयाँ आर्थिक वर्षसँगै २५ जिल्ला र आउँदो आर्थिक वर्षदेखि ७७ वटै जिल्लामा लागू हुने गरी कार्यक्रम अघि बढेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार स्वर्णप्राशन परम्परागत रूपमा प्रयोग भए पनि आमबालबालिकाको हकमा प्रयोग गर्नका लागि वैज्ञानिक पुष्टिको खोजीपछि नेपाल सरकारले यो वर्षदेखि लागू गरेको हो ।
स्वर्णप्राशन घ्यू, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । मह र घ्यू समान मात्रामा प्रयोग गरेर खाँदा विषाक्त हुने भए पनि महको दोब्बर घ्यूको मात्रा मिलाएर खाँदा आयुर्वेद अनुसार पनि स्वस्थकर हुने महानिर्देशक यादवले जानकारी दिनुभयो । छ महिना मुनिका शिशुलाई आमाको दूधबाहेक केही खुवाउन नहुने भनिएकोले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू नहुने पनि विभागले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया