

‘लालपूर्जा’ पाउँदा ‘मोतिकलाका आँखा रसाए मन हर्षियो’





दशकौँदेखि आफ्नो जग्गा जोतेर पेट पाल्दै आएका तर कानुनी स्वामित्वको प्रमाणपत्र हात पार्न नसकेका कपिलवस्तुको बाणगंगाका किसानको सपना हातमा पुर्जा पाएपछि बल्ल पूरा भयो । बाणगंगा नगरपालिकामा पहिलोपटक जग्गाको जोतभोग गरेका नागरिकलाई लालपुर्जा वितरण गरेर उनीहरुको पुरानो पिर मेटिएको हो। लामो समयदेखि जोतभोग गर्दै आएका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा दिन विवरण संकलन, नापजाँच र कानुनी प्रक्रिया पूरा गरी स्वामित्व प्रमाणपत्र वितरण गरेको छ ।
लालपूर्जाले दिलायो खुसी
राजेन्द्र खनाल, जितपुर | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ की मोतिकला सुनारलाई शनिबार जस्तो खुसीको दिन कहिल्यै आएको थिएन । कारण थियो ६५ वर्षको उमेर, बल्ल आफूले जोतभोग गर्दै आएको जमिनको लालपुर्जा हातमा परेको थियो । मोतिकला जस्तै ७५ वर्षका आइतबारी थारु पनि पुर्जा पाउँदा दङ्ग थिइन । यस्तै खुसी वर्ष ७० का गर्भा थारुको अनुहारमा पनि प्रष्ट देखिन्थ्यो । उनीहरुको आँखा रसाए पनि मन भने हर्षिएको थियो । पुर्जा पाउँदा मोतिकला, आइतबारी र गर्भा जस्तै अरुका मन पनि हर्षित देखिन्थे ।
लामो समय भुमिहिनको रुपमा पिडा भोगेकी मोतिकलाले अहिले १ कट्ट्ठा जमिनको पुर्जा पाउँदा विगत सम्झिदै भनिन्, जग्गाको पुर्जा नहुँदा धेरै पिडा र व्यथा भोग्नु परेको थियो । उनी जस्तै गर्भा थारुले २ कट्टा , आइतबारीले १० धुर जमितको लालपुर्जा हातमा पाए । आफ्ना बाबु बाजेदेखि जोतभोग गर्दै आएको जमिनको शनिबार भुमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीको उपस्थितमा हातमा पुर्जा पाएका उनीहरु जस्तै वडा नम्बर ७ का ३० जना भुमिहनहरुले लालपुर्जा पाए ।
दशकौँदेखि आफ्नो जग्गा जोतेर पेट पाल्दै आएका तर कानुनी स्वामित्वको प्रमाणपत्र हात पार्न नसकेका कपिलवस्तुको बाणगंगाका किसानको सपना हातमा पुर्जा पाएपछि बल्ल पूरा भयो । बाणगंगा नगरपालिकामा पहिलोपटक जग्गाको जोतभोग गरेका नागरिकलाई लालपुर्जा वितरण गरेर उनीहरुको पुरानो पिर मेटिएको हो। लामो समयदेखि जोतभोग गर्दै आएका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा दिन विवरण संकलन, नापजाँच र कानुनी प्रक्रिया पूरा गरी स्वामित्व प्रमाणपत्र वितरण गरेको छ ।
लालपुर्जा हातमा पाउँदा धेरैको अनुहारमा खुशी झल्किएको थियो। “अब यो जग्गा मेरो आफ्नै हो भन्ने प्रमाण पाएको छु, धेरै वर्षको संघर्ष सफल भयो,” एक लाभग्राही किसानको भावुक प्रतिक्रिया थियो। यसरी पुर्जा पाउँदा नागरिकहरुले पञ्चेबाजा समेत बजाएर छमछमी नाचेका थिए ।
शनिबार बाणगंगा नगरपालिका–७ मा आयोजित विशेष समारोहका बीच पहिलो चरणमा ३० जनालाई प्रमाण पुर्जा वितरण गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिएका छन् । उनका अनुसार वडा नं।७ अन्तर्गत मोतीपुर डाँडाका २८ जना भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई दुई बिघा १३ कठ्ठा जग्गाको जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लाभग्राहीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गर्दै यो कदमले भूमिहीनको दीर्घकालीन समस्या समाधानतर्फ ठोस प्रगति हुने विश्वास व्यक्त गरेका छन् । उनले सरकारले भूमिहीनलाई सम्मानपूर्वक बसोबासको अधिकार दिलाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “यो केवल पुर्जा वितरण मात्र होइन, गरिमामय जीवनको ढोका खोल्ने पहल हो ।” वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको मालिक बनाउन सरकारले भूमिसम्बन्धी विधेयक अघि बढाएको बताउँदै मन्त्री अधिकारीले यस विधेयकलाई असफल बनाउने ठूलो षणयन्त्र भईरहेको दाबी गरे । उनले आफु जनताको प्रतिनिधि भएको भन्दै जनताको समस्या समाधान गर्नको निम्ति एकमुठि प्राण हुनजेलसम्म लडिरहने जिकिर गरे । उनले एमाले कांग्रेसको यस गठबन्धन २०८४ सालसम्मै कायम रहने दाबी गरे ।
प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकीले सरकारले भूमि सम्बन्धि समस्या सधैका लागि समाधान गर्ने गरि काम गरिरहेको बताए । गत चुनावमा हरेक उम्मेदवारले भूमिहीनलाई जग्गा उपलब्ध गराउने भन्दै भाषण गरेकाले सबैले वास्तविक भूमिहिनलाई मालिक बनाउने अभियानमा सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाई थियो । यस्तै लुम्बिनी प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपानेले भूमिहीन नागरिकलाई आफ्नो नाममा जग्गा हुने दिन ऐतिहासिक भएको बताउँदै यस अभियानलाई पारदर्शी र निष्पक्ष रूपमा अघि बढाउन आग्रह गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जग्गाधनी प्रमाण पुर्जा वितरणसँगै नागरिकको कानुनी हैसियत सुनिश्चित हुने र सरकारी सेवामा पहुँच सहज हुने बताए । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आयोगको पहलमा लामो समयदेखि थालिएको कार्यको प्रतिफल देखिन थालेको भन्दै बाँकी लाभग्राहीलाई पनि क्रमशः पुर्जा वितरण गरिने जानकारी दिए ।
बाणगंगा नगरप्रमुख चक्रपाणी अर्यालले नगरक्षेत्रमा भूमिहीनलाई सुरक्षित र दिगो बसोबासका लागि आवश्यक पूर्वाधार विकासमा समेत जोड दिने प्रतिबद्धता व्यक्त गरे । नगरले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या सधैका लागि समाधान गर्नका लागि आवश्यक कदम चाल्दै आएको स्मरण गर्दै यस विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । त्यसका लागि नगरले जनशक्ति व्यवस्थापनदेखि बजेट विनियोजनसम्म गर्दै आएको बताए ।
उपप्रमुख रिता कुमारी चौधरीले भूमिहीनको समस्या समाधानमा नगरपालिकाले विभिन्न निकायसंग आवश्य सहयोग र समन्वयको कामलाई प्राथमिकतामा राखेको बताइन् ।
कार्यक्रममा वडा नं . ७ का वडा अध्यक्ष विष्णु गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन बाणगंगा नगरपालिकाका योजना शाखा प्रमुख शान्ताराज आचार्यले गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, लाभग्राही परिवार तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यस्तै शनिबार नै कपिलवस्तुको विजयनगर गाउँपालिकामा पनि भुमिहीन दलित, भुमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गरिएको छ । विजयनगरमा २१ जनालाई पुर्जा प्रदान गरिएको छ । यस्तै आइतबार जिल्लाको मायादेवी गाउँपालिकामा गाउँ ब्लग र डी जग्गा गरि २ हजार लालपुर्जा वितरण गरिने जनाइएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया